२०८१ बैशाख २९, शनिबार
 

NIC एसिया को ब्यबहारमा ग्राहक को महत्व शुन्य

संवाददाता

मानव जीवनको दैनिकीमा बैंक तथा वित्तिय संथाहरुको आवश्यकता अपरीहार्य भैसकेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तत्थ्याङ्क अनुसार नेपालमा “क” वर्गका २७ वटा, “ख” वर्गका १८ वटा र “ग” वर्गका १७ वटा वित्तिय संस्थाहरु दर्ता भै सेवा दिइरहेका छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार “क” वर्गका वित्तिय संस्थाहरुको चुक्ता पूँजी न्यूनतम ८ अर्व, “ख” वर्गका वित्तिय संस्थाहरुको २ अर्व ५० करोड र ” ग” वर्गका वित्तिय संस्थाहरुको ५० करोड अनिवार्य चुक्ता पूँजी हुनु पर्छ ।
जम्मा जम्मी ८ अर्व चुक्ता पूँजी भएका “क” वर्गका वित्तिय संस्थाको कर्जा ७० अर्व देखि झण्डै २७० अर्वको हाराहारीमा पूगी सकेको छ । “ख” वर्गका वित्तिय संस्थाहरुको पनि कर्जा लगानी अधिकतम ६५ अर्वसम्म पुगी सकेको छ । त्यस्तै करोड देखि ९ अर्वसम्म “ग” वर्गका वित्तिय संस्थाहरुको कर्जा लगानी पुगी सकेको छ ।
वित्तिय संस्थाहरुको आफ्नो लगानी एकदमै न्यून हुन्छ भने अधिकतम जनताको बचत संकलन गरी कर्जा प्रवाह गरेका हुन्छन् ।
वित्तिय संस्थाहरुको बचत जम्मा गरी कर्जा प्रवाह गर्ने मूख्य काम हो । संस्थामा जति धेरै बचत हुन्छ त्यति!नै कर्जा प्रवाह गर्न सक्छन् । जनताको विश्वास गुमाएका वित्तिय संस्थाहरुमा बचत आउदैन र ती संस्थाहरुले कर्जा प्रवाह गर्न पनि सक्दैनन् र संस्थाको नाफामा कमी आई संस्था संचालनमा समेत समस्या आउन सक्छ ।
वित्तिय संस्थाहरुको एउटै विकल्प जनताको बचत नै हो, त्यसैले बचत आफ्नो संस्थामा संकलन गर्न वित्तिय संस्थाहरुले विभिन्न समयमा विभिन्न सेवा तथा सुविधा बचत कर्तालाई दीने गर्दछ्न् ।
विभिन्न सेवा सुविधा अन्तरगत कार्यालयमा दिइने पार्किङ्ग पनि अति सामान्य सुविधा हो । यहाँ वित्तिय संस्थाहरुको प्रधान कार्यालयमा दिईने पाकिङ्ग सेवाको बारेमा केहि चर्चा गरीएको छ ।
तपाइँ यदि एनआईसी एसिया बैंकको केन्द्रिय कार्यलय थापाथली जानु भयो भने पटकै पिच्छे २० रुपैयाँ पाकिङ्ग शुल्क तिर्नु पर्ने हुन्छ । केन्द्रिय तथा शाखा कार्यालय रहेको थापाथलीमा तपाइँ पैसा जम्मा गर्न जानुस्, झिक्न जानुस्, वा अन्य कुनै कामले जानुस् पाकिङ्ग शुल्क नतिरी धरै पाउनु हुन्न । अन्य कुनै पनि वित्तिय सस्थामा जादा पाकिङ्ग शुल्क तिर्नु पर्दैन तर एनआईसी एसियामा जाँदा शुल्क तिनु पर्ने भएकोले बैंकले आफ्ना ग्राहकलाई कागती निचोरेको जस्तै निचोरी रहेको छ ।
ग्लोबल आईएमइ, नबिल, प्राइम, सिद्धार्थ, लक्ष्मी, सिटीजन, हिमालयन, प्रभु, स्टान्डर्ड चार्टर्ड लगायत अन्य धैरै वित्तिय संस्थाहरुको आफ्नै भवन भएकोले पाकिङ्ग शुल्क तिर्नु पर्दैन । भाडाका भवनमा केन्द्रिय कार्यालय रहेका  मेगा, सिभील, लुम्बिीनी विकास बैंकमा पार्किङ्ग गर्दा चिटमा बैंकले छाप लगाईदिन्छ जुन छापको आधारमा तपाइँले पार्किङ शुल्क तिर्नु पर्दैन ।
आईसीएफसी फाइनान्स, गुडविल फाइनान्स, गोर्खाज फाइनान्स, सांग्रिला विकास बैंक, कामना सेवा विकास बैंक आदिमा पनि पाकिङ्गको राम्रो व्यबस्था छ र पार्किङ शुल्क तिर्नु पर्दैन ।
सोच बदलौं भन्ने बैंकमा खाता खोल्दा र बचत गर्दा सोचमा विचार गरौं । विकल्प धेरै नै छन् । सामान्य भन्दा पनि सामान्य सेवा दीन पनि कन्जुस्याइँ गर्ने वित्तिय संस्थालाई जनताले भने किन माया गर्ने ???

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + eight =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने