बैंक पनि साथी पनि, एनआईसी एसिया बैंक लि. को नारा हो यो । साथी बैकले बचत कर्तालाई त नडुबाउला तर शेयर धनीलाई भने नमज्जाले डुबाएको छ । छोटो समयमा बैंकले बैकिङ्ग क्षेत्रमा निकै ठूलो छलाङ्ग लगाए झै घोटालामा पनि ठूलै छलाङ्ग मारेको छ ।
पछिल्लो भदौ महिनाको आँकडा हेर्ने हो भने बैंकले जनताबाट रु. ३ खर्ब ४७ अर्व बचत लिएको छ भने रु. २ खर्ब ८६ अर्व कर्जा प्रवाह गरेको छ । बचतको हिसावमा बैंक चौथो नम्वरमा आउछ भने कर्जा प्रवाहको हिसावले पाचौ नम्वरमा आउछ ।
शाखा विस्तारलाई निकै आक्रमक बनाएको बैंकले घोटाला÷चोरीलाई पनि निकै आक्रमक बनाएको देखिन्छ । कायम भएका २० वटा बाणिज्य बैंकहरु मध्ये सम्भवत सबै भन्दा कान्छा उमेरका कार्यकारी प्रमुख हुन एनआएसी एसिया बैंकका कार्यकारी प्रमुख । सानै उमेरमा बैंकलाई यो उचाइँमा जसरी पु¥याए बैंक घोटाला÷चोरीलाई पनि ठूलै रकमले उचाइँमा पु¥याएका छन् ।
आर्थिक वर्ष २०७४\२०७५ र २०७५\२०७६ मा बैंकले करीव ३ अर्व रुपैयाँ बैकिङ्ग सिष्टमबाटै गायव बनाएको देखिन आएको छ । बैंकले नै उपलब्ध गराएका आर्थिक विवरणहरुले यो प्रमाणित गरेको छ । बैंकले कसरी घोटाला\चोरी ग¥यो त तलको तालिकामा देखाइएको छ ।
माथिको तालिकामा देखाईएका सम्पूर्ण विवरणहरु एनआईसी एसिया बैंकले उपलब्ध गराएका विवरणहरु हुन । बैंकले उपलब्ध गराएका विवरण अनुसार बैंकको २०७५ माघ महिनाको अन्तिमसम्म घरेलु तथा मझौला उद्योग शिर्षकमा वास्तविक कर्जा रु. ६४१२.५ Closing Outstanding थियो । माघ महिनाको अन्तिम मौज्जाद फागुन महिनाको सुरुको Opening Outstanding मौज्जाद हुन्छ । अघिल्लो महिनाको अन्तिम मौज्जाद पछिल्लो महिनाको सुरुको मौज्जाद सर्वमान्य सिद्धान्त हो ।
फागुन महिनाको सुरुको मौज्जादमा रु. ६४१२.५ मा फागुन महिनामा घरेलु तथा मझौता उद्योग शिर्षकमा बैंकले रु. ५८२.५१ कर्जा भुक्तानी गरेकोले फागुन महिनाको कर्जा रु. ६४२२.०४ मा रु. भुक्तानी रु. ५८२.५१ जोड्दा फागुन महिनाको वास्तविक कर्जा रु. ६९९५.०१ हुन्छ ।
फागुन महिनाको कर्जा रु. ६९९५.०१ मा फागुन महिनामा भएको असुली (Recovery) रु. ९.५४ घटाउदा अब फागुन महिनाको वास्तविक कर्जा रु. ६९८५.४७ मात्र हुन्छ तर बैंकले नेपाल राष्ट्र बैंक र सर्वसाधारणलाई बैंकको फागुन महिनाको वास्तविक कर्जा रु. ६९८५.४७ हो भनि विवरण उपलब्ध गराएको छ । रु. ६९८५.४७ र रु. ६९९५.०१ बिचको परक रु. ९.५४ कता हरायो ?
फागुन पछिका महिनाहरुमा रु. ९.५४ सिष्टममा कहि कतै पनि फर्केर आएको देखिदैन । यसरी फर्केर नआएको रु. ९.५४ कता हरायो ? यहि हराएको रकम नै बैंकले घोटाला\चोरी गरेको रकम हो । रु. ९.५४ भनेको नौ करोड ५४ लाख रुपैयाँ हो । २०७५ फागुनमा बैकले रु. ९.५४ गायव बनाए जस्तै आर्थिक वर्ष २०७४\२०७५ र २०७५\२०७६ मा कृषी तथा बन र जलविद्युत शिर्षक बाहेक अन्य सबै शिर्षकबाट आफू अनुकुल महिनामा घोटाला गर्दै समग्रमा बैंकले रु. करीव ३ अर्व घोटाला\चोरी गरेको देखिन्छ ।
यति सानो उमेरका कार्यकारी प्रमुखले यति ठूलो रकम चोरी गर्दा तपाइँका लेखापरीक्षकले तपाइँलाई जानकारी गराएनन ? यो घोटाला÷चोरी भएको शेयर धनीको पैसा बैंकको खातामा कहिलेसम्म आउछ ? घोटाला\चोरी गर्ने जो कोहिलाई के कस्तो कारवाहि गर्नु हुन्छ ? यि आदि प्रश्नहरु तयार पारी हामीले बैकका अध्यक्षलाई सम्पर्क गरेका थियौ । बैंकका अध्यक्ष सम्पर्कमा आउन चाहेनन् ।
अध्यक्षले महिला कर्मचारीलाई दुरव्यवहार गरेको जानकारी भए पनि कार्यकारी प्रमुखले नदेखे जस्तो गरेकोले आफ्नो कर्ततु लुकाउन यति ठूलो घोटाला\चोरी हुँदा पनि अध्यक्ष मौन बसेका हुन सक्छन्, आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा बैंककै एक जना कर्मचारीले हामीलाई जानकारी दिए ।
बैंकले उपलब्ध गराएको वास्तविक कर्जाको विवरण ।
बैंकले उपलब्ध गराएको असुलीको कर्जाको विवरण ।
बैंकले उपलब्ध गराएको भुक्तानी कर्जाको विवरण ।