नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलन २०८० जेठ १३ गते सम्पन्न भयो ।
काठमाडौँको सरस्वतीनगर ए वान पार्टी प्यालेसमा सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठले अध्यक्षता गर्नुभएको कार्यक्रम पार्टीका सम्मानित नेता झलनाथ खनालबाट प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा पार्टी स्थायी कमिटी तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुषाल, सम्पर्क विशेष प्रदेश कमिटी अध्यक्ष वीरबल काजी राई, केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुभाष कर्माचार्य, केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक सहइन्चार्जहरु भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, राष्ट्रिय सभा सदस्य एवं सिन्धुपाल्चोक सहइन्चार्ज माननीय सिंहबहादुर वि.क. लगायतक सिन्धुपाल्चोकका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनले नेत्र आचार्य अध्यक्ष एवं उपाध्यक्षमा पदम लामा र राजन धिताल, सचिवमा राजकुमार नेपाल, उपसचिवमा असिम विष्ट, मनिषा खड्का र होमनाथ नेपाल र कोषाध्यक्षमा कृष्णगोपाल श्रेष्ठ सहित ३१ सदस्यीय कमिटी गठन गरेको छ ।