असारमा रोपेका धानका गाबा अब पहेलों भएर वर्षा ऋतुलाई बिदाइ गर्दै सरद ऋतु को आगमन सङ्गै बिहानको झुल्के घाममा पनि दशैं को झझल्को आइ सकेको छ त्यसैले भनिन्छ वर्षा विगत सरद ऋतु आयि ।
घटस्थापना
सरद ऋतु प्रवेश संगै दशैं आगमन को झुल्के घामले हामिलाइ छोएको छ र घर घरमा जौ को खोजी हुन थालेको छ, जौको जमरा निधारमा रातो टिको लागाउन हामी दशमीका दिनलाई पर्खी बसेका छौं ।
जौ को महत्व त्यति मात्र नभएर हामीले दशैं लाई मात्रै जोडेर हेरेका छौं तर त्यति मात्र होइन जौमा धेरै औसधीय गुण रहेको छ र यस्मा ऎण्डिअक्सिडेन्ट र विटाक्यारोटिन लागायतका गुणहरु पाइन्छन् जो शरीरका लागि अति आवश्यक तत्व हो।
जौं सङ्ग हामी हरेक कुरामा जोडिएका छौ, जन्मदा देखि मृत्यु पर्यन्त हरेक कर्म, पूजापाठमा प्रत्येक शुभ कार्यमा जौं
को महत्व सर्वबिदितै छ ।
घटस्थापनामा हामीले केवल जौं का जमरा मात्र राख्दैनौ हामीले माताभगवती दुर्गा को आराधना केराका खम्बा ,निगालोको लिङ्गमा बाँधेर तेस्मा चद्वा सजाएर तामा, माटो , पित्तल आदिका घडामा गोबर लागएर त्यस्मा जौ रोपेर दिप, कलश र गणेश थापना गरि विधि पुर्वक भगवती को श्वोरुप मा प्रथमं शैल पुत्री च द्वितीयं ब्राह्मचारिणी यसरी क्रमैले नव दुर्गा को पुजा आराधना गरिन्छ ।
यी हाम्रा केवल चाड मनाउने मात्र होइन यस्ले हामी प्रकृति सङ कति नजिक छौं र माटो सङ्ग्को हाम्रो नाता कति प्रगाड छ भन्ने प्रत्यक्ष प्रमाण हो।
जौ माटो नभई उम्रन सक्दैन र हामी पनि माटो बिना एक पल पनि बाच्न सक्दैनौ किन भने, यदि यो सन्सारमा माटो भएन भने आन्नको पनि सृष्टि हुँदैन त्यसैले हामी माटो सङ्ग प्रत्यक्ष जोडिएका छौ र दशैमा पनि माटोमा जमरा राखेर उमार्ने प्रचलन रहि आएको छ।
जौको सांस्कृतिक महत्व
सांस्कृतिक रुपले पनि जौ को त्यतिनै महत्वपुर्ण रहेको छ । जसरी जन्मदेखी मृत्यु पर्यन्त जौ प्रयोग गरिन्छ , तेसैगरि सांस्कृतिक रूपमा हामिले वैबाहिक कार्यम ,चुडाकर्म(ब्रत्बन्द)जस्ता धार्मीक तथा सामजिक कार्यमा दीर्घायु सुस्वास्थ्य को कामना सहित जौको माला उनेर लगाउने प्रचलन रहेको छ ।त्यसैले सांस्कृतिक रुपमा हामी जौ सङ प्रत्यक्ष जोडिएका छौ।
यसरी जौ को महत्व हाम्रो सनातन संस्कृतीमा धार्मीक मात्र न भएर सांस्कृतिक ,औषधीय र स्वास्थ्यका हिसाबले अति महत्वपुर्ण रहेको सर्वबिधित नै छ। तेसैले हामिले हाम्रो परम्परा सङ्गसङ्गै हामीले हाम्रो उत्पादन र त्यस्को गुण सबैलाई चिनाउनु नै आजको आवश्यकता हो ।