महानगरका घरहरुमा जथाभावि झुण्डिरहेका फ्लेक्सहरु हटेकाले घरहर केहि राम्रा देखिन थालेका छन् । फुटपाथमा दृष्टिविहिनहरुको लागि हिड्न सहज हुने ब्लकहरु राखिएका छन् । फुटपाथ व्यापार विलकुल हटेको छ । पाकिङ्र्ग व्यवस्थित हुदै गएको आभाष भएको छ । सडक पेटीहर हरीयाली देखिएका छन् । तुर्लुंङ झुण्डिएका तारहरु बाधिदै गएकाले पोलहरु र आकाश राम्रो देखिन थालेका छन् । बाटोहरु सफा देखिएका छन् ।
अझै यस्तो भएको भए हुन्थ्यो ।
सानो सानो फुटपाथ भएको ठाउँमा विरुवा नरोपीएको भए । फोहोर विहान ५ बजेभित्र उठी सकेको भए । फोहोरको गाडीको छतमा फोहोरको काम गर्ने सहयोगीहर नचढेको भए । विहान ५ बजेभित्र सडक बडारी सकेको भए । काठमाण्डौंमा चल्ने ९० प्रतिशत भाडाका बस, तथा सफा टेम्पोहरुले भाडामा ठगीरहेका छन् । सर्वसाधारणको मर्का बुझेर सर्वसाधारणलाई ठगीनबाट बचाएको भए ।