२०८३ बैशाख १८, शुक्रबार
 

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

prabhu bank home loan

काठमाडौं,

काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २ १ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गर्नु भएको थियो । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

अनमार्क रहेका सन्जोग राईले १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाउनु भएको थियो । राइको यो राष्ट्रिय टिममा पहिलो गोल हो । नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइ विरुद्ध गोल गर्नुभएको थियो । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पार्नुभयो । सन् २०१५ अगष्ट २१ मा भारतविरुद्ध खेल्दै डेब्यु गर्नु भएका विशालले नेपालका लागि गरेको यो चौथो गोल हो ।

विजेता टोली नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने दोस्रो भएको बंगलादेशले ३ हजार डलर पायो । नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।

पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने