२०८३ बैशाख १८, शुक्रबार
 

प्रदुषणका कारण चार दिन देशभरका शिक्षण संस्था बन्द

prabhu bank home loan

काठमाडौं,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले मँगलबारदेखि शुक्रबारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

अब सबै शिक्षण संस्था अर्को आइतबारमात्र सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । विषम परिस्थितिका कारण तत्काल निर्णय गर्नुपरेको उहाँको भनाइ छ । ‘हिमाली तथा पहाडी जिल्लाहरुमा (वायु प्रदुषण) छैन भन्ने कुरा आएको छ तर छोटो समयको लागि भएकोले एकरुपता दिन यस्तो निर्णय गरिएको हो’ प्रवक्ता शर्माले भन्नुभयो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको छ ।

देशका विभिन्न स्थानमा डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको उनीहरुले बताएका छन् । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षणसंस्था बन्द गर्ने मन्त्रालयको निर्णयप्रति सरोकारवाला निकायहरुले असन्तुष्टि जनाएका छन् । केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने उनीहरुको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five + eight =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने