२०८३ बैशाख १८, शुक्रबार
 

महामुर्खको उपाधि मह जोडीलाई, जितेन्द्र सोनल मुर्ख शिरोमणि

prabhu bank home loan

जनकपुर,

मिथिला नाट्य कला परिषदले यस वर्षको महामुर्खको उपाधि मह जोडीलाई प्रदान गरेको छ। होली पर्वको अवसरमा प्रत्येक वर्ष जनकपुरमा आयोजना गरिने महामुर्ख सम्मेलनको २५ वर्ष पुगेको अवसरमा यस वर्ष मह जोडी अर्थात् कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको हो ।

सम्मान ग्रहण गर्दै मदनकृष्ण श्रेष्ठले ४० वर्षको कलाकारिता जीवनमा कैयौं पुरस्कारहरू पाएर हर्षित भए पनि परिषदले दिएको महामुर्खको उपाधि पाउँदा खास अनुभूति गराएको प्रतिक्रिया दिनुभयो । ‘हामीलाई सबैले विद्वान भन्थे तर हामी के हौँ हामीलाई मात्रै थाहा छ। तर, बल्ल हामीलाई चिनेर यो उपाधि प्रदान गरेको छ,’ उपाधि पाएपछि मदनकृष्णले भने, ‘परिषदसँगको ३० वर्षको सहकार्यकै कारण हामीलाई वास्तवमा चिन्न सम्भव भएको हो ।’

यस्तै, कलाकार हरिवंश आचार्यले ४० वर्षसम्म निरन्तर गरेको कामको प्रतिफल आफूहरूले आज पाएको बताउनुभयो । महामुर्ख सम्मेलनमा यस वर्ष मुर्ख शिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई वैशाखनन्दनको उपाधि प्रदान गरिएको छ ।

त्यस्तै जसपाका केन्द्रीय सदस्य राजीव झालाई वंश कुरहरि, डेली एक्सप्रेस दैनिक पत्रिकाका प्रकाशक शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खपसुरती, जसपा नेता शेषनारायण यादवलाई चोन्हमा, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुस्का, सुरेश शर्मालाई हराशंखको उपाधि दिइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरबा, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकिट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमुर्खको उपाधि प्रदान गरिएको छ ।

महामुर्खको उपाधि यसअघि कवि नरेश ठाकुर, एमाले नेता शत्रुधन महतो, जसपा नेता डा. विजयकुमार सिंह, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, माओवादी केन्द्रका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, जसपाका नेता वृषेशचन्द्र लाल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतलाई प्रदान गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने