२०८३ बैशाख ३, बिहिबार
 

एनसीसी बैंकको लाभांश शेयर सुचीकरण रोक्न उजुरी

प्राथमिकताप्राप्त क्षेत्र कर्जा प्रवाह प्रकरण

prabhu bank home loan

Financial Notices

काठाण्डौं,
चंखेली खबर, संवाददाता ।

पुष २९ गते सम्पन्न भएको एनसीसी बैंकको साधारण सभाले ८.४२ प्रतिशत शेर लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । बैंकले आर्थिक वर्ष २०७७\२०७८ सालको नाफाबाट उक्त शेयर लाभांश वितरण गर्ने पस्ताव साधारण सभामा प्रस्ताव गरेको थियो ।

२९ गते साधारण सभाले शेयर लाभांश वितरण प्रस्ताव पास ग¥यो भने २८ गते नै प्रस्तावित शेयर लाभांश सुचीकरण नगर्न धितो पत्र बोर्डमा उजुरी परी सकेको थियो ।

त्यस्तै २९ गते नै एनसीसी बैंकको ८.४२ प्रतिशतले हुने शेयर लाभांश सुचीकरण नगर्न नेप्सेमा पनि उजुरी परेको छ । तरण हुने लाभांश बराबरको पूँजी बृद्धि नगर्नको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि उजुरी परेको छ ।

हामीलाई प्राप्त विवरण अनुसार एनसीसी बैंकले आर्थिक वर्ष २०७७\२०७८ मा उत्पादनशिल क्षेत्रमा तोकि दिएको प्रतिशत कर्जा पु¥याएको छैन । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार उत्पादनशिल क्षेत्रमा तोकि दिएको कर्जा प्रतिशत नपु¥याएकोले बैंकले करीव ४८ करोड जरीवाना तिर्नु पर्ने हो तर बैंक र नेपाल राष्ट्र बैंकको मिलेमतोमा जरीवाना तिर्ने र असुल गर्ने कार्य नभएकोले उल्लेखीत निकायहरुमा उजुरी परेको हो ।

उजुरीमा भनिएको छ, नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने दायित्व तिरेर बचेको नाफा मात्र वितरण योग्य लाभांश हुने भएकोले राज्यलाई तिर्नु पर्ने दायित्व नतिरेकोले प्रस्तावित शेयर लाभांश गैर कानूनी हुने भएकोले गैर कानूनी शेयर धितो पत्र बोर्ड र नेज्सेले सुचीकरण नगर्न अनुरोध गरीएको छ । आफ्नो अख्तियारी दूरुपयोग गरी बैंकको शेयर सुचीकरण गरेमा अख्तियारमा उजुरी गर्ने भनि उजुरी कर्ताले उल्लेखीत निकायका प्रमुखलाई सचेत समेत गराएका छन् ।

उजुरीमा कम्पनी रजिष्ट्रार कार्यालका प्रमुखलाई पनि वितरीत शेयर लाभांशको पूँजी बृद्धि गरेमा कम्पनी रजिष्ट्रारको कार्यलय विरुद्ध पनि अख्तियारमा उजुरी गर्ने भनि उजुरी कर्ताले सचेत गराएका छन् ।

सम्पूर्ण निकायमा उजुरी गर्ने उजुरी कर्ता बैंकका शेयर धनी समेत हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने