संयुक्त अरब इमिरेट्स (UAE) मा पहिलोपटक औपचारिक कार्यक्रम मार्फत नेपाली गजल गुन्जिने भएको छ।
UAE लाई कर्मथलो बनाएका नेपाली व्यावसायिहरूको संगठन NAP को आयोजनामा BUR DUBAI स्थित club yak & yeti everest astoria hotel मा यहि ३० जनवरी २०२२ ( २०७८ माघ १६ गते) आइतबार को दिन गजल बाचन र गायन विशेष कार्यक्रम हुने भएको हो।
“शेर-संगीत मुशायरा” नाम दिइएको उक्त कार्यक्रममा पछिल्लो समय आफ्ना शब्द र वाचन को माध्यमबाट बहुसंख्यक नेपाली को दिलमा बस्न सफल लोकप्रिय गजलकार प्रदीप रोदन तथा गायनद्वारा गजलहरूलाई पुर्ण न्याय दिन सक्ने गायक राज सिग्देलले प्रस्तुति दिनेछन् भने विशेष प्रस्तुति को रुपमा एक स्थानीय ब्याण्ड “आर्ट अफ डिन” लाई निम्त्याइएको छ।
प्राइम एक्प्रेस, रोड टुरिजम र घान्तूत नेपाली क्याफे मुख्य प्रायोजकको रुपमा रहने उक्त कार्यक्रमको सहयोगी सिर्जना वाचन डबली, अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स), अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र लालीगुँरास फुटबल क्लब युएई रहने बताइएको छ।
अन्य विभिन्न क्षेत्रका कलाकारहरू नेपाली कार्यरत देशहरूमा प्रस्तुति को निम्ति जाने प्रचलन चली आएको भएता पनि यो पटक भने नेपाली साहित्य क्षेत्रका ब्यक्तित्वलाई समेटिनुले समग्र नेपाली साहित्यमा रमाउनेहरूका निम्ति ठूलो हौसला मिलेको र यस्ता किसिमका कार्यक्रम ले साहित्यलाई थप उर्वरता प्रदान गर्ने जानकारहरू बताउँछन्।
रमेश न्यौपाने राधाकृष्ण-चंखेली खबर