२०८२ बैशाख १७, बुधबार
 

एसियाकै उत्कृष्ट बैंकले ग¥यो अर्को बद्मासी

तोकिएका \ उत्पादनशिल क्षेत्र कर्जा प्रवाह प्रकरण ।

 

काठमाण्डौं ।
चंखेली खबर संवाददाता ।

९० करोड जरीवानाबाट बच्च एसियाकै उत्कृष्ट एनएमबि बैंकले करीव १० अर्व कर्जाको चलखेल गरेको छ । आर्थिक वर्ष २०७७\२०७८ को पुष मसान्तमा एनएमबि बैंकले करीव १० अर्व झूठा कर्जा स्विकृत गरेको देखाएर आफूलाई ९० करोड जरीवानाबाट बचाएको हो ।

प्राप्त विवरण अनुसार २०७७ मंसीर समान्तसम्म साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा बैंकको कुल कर्जा करीव रु. ३ अर्व ३ लाख मात्र देखिन्छ । ३ अर्व ३ लाखको कर्जा पुष मसान्तमा आई पुग्दा करीव रु. १३ अर्व ९७ करोड भयो । एक महिनाबाट अर्को महिनामा कर्जा बढ्नु स्वभाविकै हो तर जुन अनुपातले कर्जा बढेको छ त्यो भने असम्भव नै हो ।

किन बैंकले झूठो कर्जा देखायो ?

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘क’ वर्गका बाणिज्य बैंकहरुले पुष, चैत्र र असार मसान्तसम्म आफ्नो कुल कर्जाको कृषीमा ११, उर्जामा ६ र साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा न्यूनतम ११ प्रतिशत कर्जा अनिवार्य प्रवाह गर्नु पर्ने हो । उल्लेखीत प्रतिशत कर्जा प्रवाह गर्न नसकेमा बैंकहरुले आर्थिक जरीवाना नै तिर्नु पर्ने व्यवस्था निर्देशनले गरेको छ ।

आर्थिक वर्ष २०७७\२०७८ को पुष मसान्तमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कृषीमा ११ प्रतिशत कर्जा प्रवाह गर्न नसेकोले ५७ लाख ८४ हजार छ सय सत्र रुपैयाँ आर्थिक जरीवाना तिरेको प्रतिवेदन नेपाल राष्ट्र बैंकले नै प्रकाशित गरेको छ ।

यसरी राष्ट्र बैंकले जरीवाना असुल गर्ने नै भएकोले एनएमबि बैंकले पनि आफूलाई जरीवानाबाट बचाउन भूठो कर्जा स्विकृतीको प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको देखिन्छ ।

बैंकले कसरी झूठो विवरण राष्ट्र बैंकलाई पठायो त ?

हामीलाई प्राप्त विवरण अनुसार २०७७ मंसीर समान्तसम्म बैंकको साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा प्रवाह गरेको कर्जा ३ अर्व ३ लाख मात्र छ । पुष मसान्तमा उल्लेखीत शिर्षकमा बैंकको कर्जा रु. १३ अर्व ९७ करोड देखिन्छ । मंसीर र पुषको कर्जा तुलना गर्दा बैंकले पुष महिनामा मात्र करीव रु. १० अर्वले कर्जा स्विकृत गरेको देखिन्छ । पुष मसान्तसम्म बैंकले सर्वसाधारणलाई उपलब्ध गराएको कर्जाको प्रतिशत र नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एनएमबि बैंकको कर्जाको प्रतिशतमा करीव करीव समनता देखिन्छ ।

एक महिनामा १० अर्व कर्जा स्विकृत गर्न सम्भव छ त ?

उर्जा बाहेक अन्य कुनै पनि क्षेत्रमा २७ वटा ‘क’वर्गका बैंकहरुले महिनामा १० अर्वको कर्जा स्विकृत गर्न सम्भव नै छैन । बैंकहरुको आर्थिक धरालत हेर्दा र विगतका १२ महिनाहरुमा भएको कर्जा प्रवाहको अनुपातलाई तुलना गर्दा कुनै पनि बैंकले १० अर्वको कर्जा एउटै शिर्षकमा स्विकृत गर्ने क्षमता राख्दैनन् । साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा झनै सम्भव छैन । निर्देशन अनुसार १ करोड भन्दा साना कर्जा मात्र यो शिर्षकमा समावेश गर्न पाइने भएकोले १० अर्व स्विकृत गर्न असम्भव नै देखिन्छ । बैंकले स्विकृत गरेको १० अर्वको कर्जाको लागि पुष महिनामा बैंकले न्यूनतम १००० वटा कर्जा स्विकृत गरेको हुनुपर्छ ।

बैंकले एक महिनामा १००० वटा कर्जा स्विकृत गर्न सम्भव छ ? बैंकको क्षमताले यो सक्छ ? मानव जनशक्तिले थेग्न सक्छ ? मंसीर महिनामा बैंकको कुल जम्मा कर्जा करीव १ खर्व ३६ अर्व थियो । पुषमा सो बढेर रु. १ खर्व ४३ अर्व पुगेको थियो । पुषमा मात्र बैंकको कुल कर्जा करीव ७ अर्वले बढ्दा एउटै शिर्षकमा कसरी १० अर्वले कर्जा बढ्यो ?

एनएमबि बैकको २०७७ श्रावण अन्तिमसम्म साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा कर्जा रु. २ अर्व ८२ करोड थियो । भदौ अन्तिमसम्म सो कर्जा बढेर रु. २ अर्व ९७ करोड पुग्यो । त्यस्तै अशोजमा रु. ३ अर्व ५ करोड पुग्यो । कार्तिकमा रु. ३ अर्व ५ करोडमा नै स्थिर भयो । मंसीरमा कर्जा घटेर ३ अर्व ३ लाखमा पुग्यो । मंसीरमा ३ अर्व ३ लाख पुगेको कर्जा पुषमा आई पुग्दा करीव रु. १३ अर्व ७१ करोड पुग्यो ।

बैकले झूठो विवरण बुझाउँदा राज्यले करीव ९० करोड गुमायो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप एनएमबि बैंकले पुष मसान्तसम्म ११ प्रतिशत वा रु. १३ अर्व ९७ करोड कर्जा प्रवाह गर्नु पर्ने थियो । मंसीरसम्म बैंकको कर्जा रु. ३ अर्व ३ लाख मात्र भएकोले पुष महिनामा बैंकले करीव १० अर्व कर्जा स्विकृत सहित नेपाल राष्ट्र बैंकलाई साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा जम्मा कर्जा रु १३ अर्व ७१ करोड भनि विवरण पठाएको देखिन्छ । बैंकले पठाएको विवरणमा पनि करीव २६ करोड कर्जा पुगेको देखिदैन । १० अर्वको झूठो कर्जाको विवरण पठाएकोले तोकी दिएको न्यूनतम प्रतिशत करीव करीव पुगेको देखीन आएकोले नेपाल राष्ट्र बैंकले एनएमबि बैंकलाई कारवाहि गर्न सकेन । यदि बैंकले झूठा विवरण नपठाएको भए बैंकले थप गरेको १० अर्वको जरीवाना तिर्नु पर्ने हुन्थ्यो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लिने अधिकतम ब्याज १२ प्रतिशत मान्दा १० अर्वको जरीवाना करीव रु. ३० करोड हुन्छ । पुषमा राष्ट्र बैंकलाई पठाएको १३ अर्व ९७ करोड झूठो कर्जाको धरातलमा चैत्र र असारको कर्जा पनि देखिएकोले चैत्र र असारको १० अर्व कर्जा पनि झूठो मान्दा चैत्रमा पनि ३० करोड र असारमा पनि ३० करोड जरीवाना तिर्नु पर्ने हुन्छ । बैंकले झूठा कर्जाको विवरण पठाई नेपाल राष्ट्र बैंकलाई नै गुमराहमा पारेकोले राष्ट्र बैंकले एनएमबि बैंकबाट जरीवाना असुल गर्न सकेको देखिदैन ।

बद्मासीको बारेमा बैंक के भन्छ ?

प्रतिष्ठीत बैंकले किन झूठो विवरण नेपाल राष्ट्र बैंकलाई बुझायो भनि हामीले बैंकका सूचना अधिकारी तथा प्रबक्ता सुदेश उपाध्यायलाई सोधेका थियौं । यसमा उनले कुनै पनि प्रतिक्रिया दीन चाहेनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने