काठमाण्डौं ।
चंखेली खबर संवाददाता ।
राजश्व अनुसन्धान विभागले हिमालयन बैंक लि. का कार्यकारी प्रमुख अशोक सम्शेर जंगबहादुर राण, बैंक अफ काठमाण्डुका कार्यकारी प्रमुख स्वणलाल मास्के र प्राईम बैंक लि. का कार्यकारी प्रमुख नारायणदास मानन्धरसँग बयान लिएको छ । उल्लेखीत बैंकहरुले जरीवाना नतिरेकोले राजश्व अनुसन्धान विभागमा जरीवाना उठाउन उजुरी परेको थियो ।
आर्थिक वर्ष २०७७\२०७८ मा हिमालयन बैंकले ८७ करोड, प्राइमर बैंकले १५ करोड र बैंक अफ काठमाण्डौंले २१ करोड जरीवाना तिर्नु पर्ने नतिरेकोले विभागमा उजुरी परेको हो । बैकहरुले तोकिदिएको क्षेत्रमा कर्जा प्रवाह गर्न नसकेकोले करीव १ अर्व २३ करोड जरीवाना तिर्नु पर्ने थियो । नेपाल राष्ट्र बैंक र बैंकहरु बिच मिलेमतो भई उल्लेखीत जरीवाना तिर्ने र असुल गर्ने काम नभएकोले सो जरीवाना उठाउने दायित्व राजश्व अनुसन्धान विभागको क्षेत्रभित्र पर्ने भएकोले विभागमा उजुरी परेको हो ।
मंसीर १ गते विभागमा उजुरी परेको थियो । विभगले ६ गते उल्लेखीत बैंक र नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीलाई हप्ता दिनभित्र हाजिरी हुन आदेश जारी भएको थियो । आदेश अनुसार हिमालयन बैंक, प्राईम बैकं र बैंक अफ काठमाण्डौंका कार्यकारी प्रमुख हाजिर भई बयान दिई सकेका छन् भने गभर्नर महाप्रसाद अधिकारी हाजिर नै नभई विभागलाई नजर अन्दाज गरीरहेका छन् ।
यसरी अटेरी गरी बसेका गभर्नरलाई विभागले के कस्तो कारवाहि गर्छ त्यो हेर्न बाँकी छ ।