२०८३ बैशाख ६, आइतवार
 

५४ अंकले बढ्यो नेप्से परिसूचक

prabhu bank home loan

काठमाडौं – आज नेप्से परिसूचक ५४ अंकले बढेर दुई हजार एक सय ३२.९६ बिन्दुमा पुगेको छ।

मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा हरियाली छाएको छ। अघिल्लो दिन आइतबार नेप्से सूचक ६१ अंकले बढेको थियो। मौद्रिक नीतिमा लगानीकर्ताहरूले उठाउँदै आएको मागलाई आंशिक भए पनि सम्बोधन गरिएको छ। अर्कोतर्फ नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनीहरूले साधारण सभा बोलाउने र बोनस सेयर घोषणा गर्ने वेला भएकाले पनि बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको बुझाइ छ।

नेप्से सूचक उच्च अंकले बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १४ कम्पनीका करिब एक करोड कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने