२०८३ बैशाख ६, आइतवार
 

पर्यटनमन्त्री श्रेष्ठसँग काठमाडौंका मेयर शाहको भेट

prabhu bank home loan

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताएका छन् ।

काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले काठमाडौँका स्थानीय सरकारहरूको सहयोग आवश्यक रहेको बताए । साथै उनले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए ।

साथै उनले पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘हप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको बताए । महानगरपालिकाले खुला पार्क निर्माण तथा सम्पदा संरक्षण र संवर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

महानगर प्रमुख शाहले आगामी इन्द्र जात्राको अवसरमा विदेशका विभिन्न सहरका मेयर र पाहुनाहरू काठमाडौँ आउने जानकारी दिँदै इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुनसक्ने सहयोगबारे चासो राखेका थिए । इन्द्र जात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरूलाई सहभागी गराउने योजना बनाइएको साहले बताए । भेटमा काठमाडौँ महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने