

धादिङ – धादिङ उद्योग वाणिज्य संघ धादिङको २८ औं वार्षिक साधरण सभा तथा १० औं अधिवेशन नरोक्न जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गरेको छ ।
धादिङ उद्योग वाणिज्य संघको अधिवेशन सार्न लागिएको भन्ने हल्ला चलिरहेको बेला आज जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गर्दै अधिवेशन नरोक्न भनेको हो ।
धादिङ उद्योग वाणिज्य संघ धादिङले चैत १० देखि १२ गते सम्म २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन गर्न सुचना जारी गरिसकेका अवस्थामा चुनाव सार्न लागिएको भन्दै एमाले र काग्रेस निकट ब्यवसायीहरु चुनाव सार्नुपर्ने कुनै कारण नभएको भन्दै अदालत पुगेको थिए । यसरी अदालत जानेमा एमाले निकट यवसायी तिलक सिंखडा र कांग्रेस निकट व्यवसायी राजकुमार श्रेष्ठ रहेका छन् ।


