२०८३ बैशाख ८, मङ्लबार
 

पत्रकार आचार संहिता उल्लंघन गर्ने विरुद्ध काउन्सिलमा उजुरी ।

मदिराको विज्ञापन प्रकाशित प्रकरण ।

prabhu bank home loan

press-council-act-2075

काडमाण्डौं ।

चंखेली खबर संवाददाता ।

पत्रकार आचर संहिता उल्लंघन गर्ने संचार गृह विरुद्ध प्रेस काउन्सिल नेपालमा कारवाहिको लागि उजुरी परेको छ । मूल धारका दैनिक र केहि अनलाइन गृह विरुद्ध उजुरी परेको हो ।

कान्तिपुर दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोष्ट, Setopati.com, Ratopati.com, Bizshala.com, Hamrakura.com, Onlinekhabar.com, Clickmandu.com, Bizmandu.com लगायत अनलाइन मिडीया विरुद्ध उजुरी परेको छ ।

उल्लेखीत संचार गृहहरुले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ ले गर्न नपाइने कार्य भनि तोकेको कार्य र विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ९ को (१) र (२) विपरीत कार्य गरी मदिराको विज्ञापन प्रकाशित गरेर राज्यले तर्जुमा गरेका निती÷नियमको उल्लंघन गरेको उजुरीमा भनिएको छ ।

“ साथै पत्रकार आचार संहिता २०७३ (पहिलो शंसोधन २०७६) को दफा ४ को उपदफा ७ को (३) प्रतिकुल हुने कार्य गरेको र दफा ५ को ३ ले गर्न नहुने कार्य भनि तोकेको कार्य गरेकोले दफा ४ को उपदफा १४ को (१) र (२) अनुसार खण्डन गरी स्पष्टीकरण सहित आम माफी माग्न गरीएको अनुरोधलाई संचार गृहहरुले कुनै पनि महत्व नदिएकोले सामाजिक सद्भाव भत्काउन लागी परेका ती संचार गृहहरु प्रति उजुरी गरेको उजुरी कर्ताले हामीसँगको कुराकानीमा ” भने ।

उनले थपे, “ राज्यले तर्जुमा गरेका ऐन\कानून् \ नितीनियम सबैले मान्नु पर्छ, राज्य भन्दा ठूलो कोहि पनि छैन । सर्वसाधारणको हैसियतले अमर्यादित कार्यको उजुरी गरेको हो, ठूला \ठूला  भनाउदा संचार गृहहरु विरुद्ध पनि उजुरी गरीएकोले प्रेस काउन्सिलले कारवाहि गर्छ गर्दैन त्यो हेर्न बाँकी छ ।”

 

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

12 − 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने