२०८३ बैशाख ८, मङ्लबार
 

उपाध्यक्ष पद माग्न बादल ओलि बसेकै होटल पुगे।

चितवन

prabhu bank home loan

नेकपा एमालेको जारी दशौं राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । नेकपा एमालेको अब बन्ने नयाँ केन्द्रीय कमिटीमा पूर्वमाओवादीको हैसियत के हुने भन्ने बारेमा सर्वत्र चासो छ । नेकपा पार्टी विभाजन हुदाँ माओवादीबाट एमाले पक्षमा लागेका पूर्व माओवादी पक्षले तीन पदाधिकारीसहित ३५ केन्द्रिय सदस्य माग गरेका हुन ।

रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा तीन पदाधिकारी र ३५ जना केन्द्रीय सदस्य बनाइनुपर्ने निष्कर्ष निकालेका छन् ।माओवादी पक्षका समूहले उपाध्यक्ष, उपमहासचिव र सचिव तीन पदाधिकारी सहित ३५ जना केन्द्रीय सदस्य दिनुपर्ने ओलीसँग माग गरेका छन् । भागबण्डाको विषयमा टुंगो लगाउन नेता थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साह ओली बसेको होटलमै पुगेर छलफल गरेका हुन् ।

ओली बसेकै होटलमा तिनै नेता पुगेर आफ्नो समूहका नेताका लागि पद माग गरेका हुन । यता उपाध्यक्षमा रामबहादुर थापा, उपमहासचिवमा रायमाझी र सचिवमा भट्टलाई निर्वाचित हुनेगरी सूची पेस गर्ने दवाव दिएका छन् । यसैगरी कम्तीमा ३५ जना केन्द्रीय सदस्य आफ्नो समूहबाट बनाइनुपर्ने माग उनीहरूको छ । यदि नेकपा एमालेमा पदिय निर्वाचन भएमा अधिकाश पदमा ओली पक्षका नेताहरु विजयी हुने लगभग निश्चित छ ।

त्यसैले ओली निर्वाचनबाट भन्दा पनि सबै पक्ष समूह, १० बुँदेका आकाक्षि, माओवादी पक्षबाट एमालेमा रहेका नेताहरुको समेत उचित व्यवस्थापन गर्न सकेमा आगामी कार्यकाल झनै शक्तिशाली हुने अपेक्षामा छन् । यनि निर्वाचन भएमा १० बुंदे र माओवादीबाट एमालेमा समावेश भएका नेताहरुको पराजय निश्चित जस्तै छ ।  त्यसैले ओलीले जसरी पनि माओवादीलाई व्यवस्थापन गर्ने पक्षमा लागेको स्रोतको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

16 − 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने