

काठमाण्डौं ।
चंखेली खबर, संवाददाता
नेपाल राष्ट्र बैकको पहिलो गभर्नर हिमालयन शम्शेर राणा संस्थापक अध्यक्ष भएको हिमालयन बैंक लि. का कार्यकारी प्रमुख अशोक शम्शेर जंगबहादुर राणालाई तत्कालै हिरासतमा लिई अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । उजुरीमा मुख्य दोषी राणा र मतियार गभर्नर महाप्रसाद अधिकारी र नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देश गुणाकर भट्टलाई समेत हिरासमा लिई अनुसन्धान गर्न अनुरोध गरीएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निदेर्शन अनुसार हिमालयन बैंकले तोकीदिएको क्षेत्रमा कर्जा प्रवाह नगरेकोले करीव ८७ करोड रुपैयााँ जरीवाना तिर्नु पर्ने, नतिरेकोले कारवाहि गर्न उजुरीमा माग गरीएको छ ।
नेपाल राष्ट्र बैंक र हिमालयन बैंकको मिलेमतो मा जरीवाना तिर्ने र असुल गर्ने काम नभएको दाबी उजुरीमा गरीएको छ । हामीलाई प्राप्त विवरण अनुसार हिमालयन बैंक र नेपाल राष्ट्र बैंकको मिलेमतो भएको प्रष्टै देखिन्छ ।
निर्देशन अनुसार आर्थिक वर्ष २०७७\२०७८ को पुष मसान्तमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लि. ले कृषीमा १० प्रतिशत कर्जा प्रवाह नगरेकोले रु. ५७८५६१७\–(सन्ताउन्न लाख, चौरासी हजार सत्र रुपैयाँ) नेपाल राष्ट बैंकले असुल गरी सकेको छ । सोही पुषमा हिमालयन बैंक लि. ले कृषी र उर्जामा तोकी दिएको कर्जा प्रतिशत नपु¥¥याएको प्रतिवेदन नेपाल राष्ट्र बैंकले नै प्रकाशित गरेको छ । तोकीदिएको प्रतिशत नपुगेको प्रतिवेदन प्रकाशित गरेता पनि जरीवाना भने असुल गरेको छैन ।
प्राप्त विवरण अनुसार हिमालयन बैंक लि. मा गभर्नर महाप्रसाद अधिकारीको शेर रहेको छ । आफ्नो शेर भएकोले हिमालयन बैंकबाट ठूलो धनराशी जरीवाना असुन नगरेको बुझाई सर्वसाधारणको रहेका छ ।
सो जरीवाना असुल गर्न नेपाल राष्ट बैंकका गभर्नरलाई सर्वसाधारणले अनुरोध गर्दा समेत उनले जरीवाना असुल गरेका छैनन् ।
प्रचलित कानून बमोजिम लाग्ने, शुल्क, दस्तुर, रोयल्टी, लाभांश, बोनर, जरीवानालाई गैरकर भनि राजश्व चुहावट( अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ ले परीभाषित गरेको छ । गैरकर छली वा चुहावट भएमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरी छलीएको वा चुहावट भएको गैरकर असुलको लागि विशेष अदालतमा मुद्दा चलाउन पाउने अधिकार रहेको छ ।
ऐनले गरेको व्यवस्था अनुसार अनुसन्धान गरी मुख्य दोषी राणा र मतिया अधिकारी तथा भट्टलाई कारवाहिको लागि मुद्दा दर्ता गरी उल्लेखीत जरीवाना असुल गर्ने प्रक्रियामा गई ऐनको दफा २९ ले गरेको व्यवस्था अनुसार सुराकी दिए वापत पुरक्कार समेत उपलब्ध गराउन उजुरीमा माग गरीएकोे छ ।


