२०८१ अशोज २, बुधबार
 

चीनबाट आठ लाख डोज कोरोना विरुद्धको खोप आइपुग्यो

चीनबाट अनुदानको खोप ल्याउँदाको तस्वीर । साभारः गुगल

काठमाडौं,

सरकारले चीनको सिनोफार्म कम्पनीसँसँग खरिद गरेको आठ लाख डोज कोरोना विरुद्धको खोप नेपाल ल्याएको छ । सरकारले नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप ल्याएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाकी खोप ल्याउन बेइजिङ जाने तालिका छ ।

अब ६० वर्षभन्दा मुनिको समूहलाई र पहिला छुटेकाहरुलाई पनि खोप दिइने डा. गौतमले बताउनुभयो । अब सरकारले यसअघि तोकेको प्राथमिकता अनुसार ५५ वर्षदेखि ५९ वर्ष उमेर समूहकालाई खोप दिइनुपर्छ । अन्य अत्यावश्यक सेवामा रहेकालाई पनि प्राथमिकतामा राखिने डा. गौतमको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने