२०८२ जेष्ठ ६, सोमवार
 

जसपाको विवाद निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको नेतृत्वमा इजलास गठन

काठमाडौं,

जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । जसमा चारै जना आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा रहनु भएको छ ।

उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएपछि निर्वाचन आयोगले मंगलबार दुबै पक्षलाई सहमतिका लागि बोलाएको थियो । दुबै पक्ष सहमतिमा नआएपछि आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि इजलास गठन गरेको हो ।

आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको छ । यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने