२०८३ बैशाख १६, बुधबार
 

प्रशासन कार्यालयबाट अनुमति लिएर काठमाडौं उपत्यका प्रवेश गर्न पाइने

prabhu bank home loan

काठमाडौं,

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा मंगलबारदेखि जोर बिजोर प्रणाली हटाइएको छ । जोर बिजोर प्रणाली हटेपछि काठमाडौंका सडकमा माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न थालेका छन् । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पाइन्छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

माइक्रोको देस्रो र तेस्रो सिटमा चार चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन । सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ । परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ । निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा भने असार ३१ गतेसम्मलाई थप गरेका छन् । विद्यालयहरू भने खुल्न पाउँदैनन् । सभा तथा सम्मेलन गर्न पनि रोक लगाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 + 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने