२०८३ असार ७, आइतवार
 

क्रिकेटर लामिछानेले गरे सिन्धुपाल्चोकको पहिरो पीडितको अस्थायी आवास बनाउन सहयोग

prabhu bank home loan

चौतारा,

नेपाली क्रिकेटर (लेग स्पिनर) सन्दिप लामिछानेले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिका पहिरो पीडितको अस्थायी आवास निर्माणका लागि आवश्यक सामग्री सहयोग गर्नुभएको छ । गत वर्षको पहिरोले विस्थापित भएर बाँसखर्कमा बसेका पहिरो प्रभावितको अस्थायी आवास निर्माणका लागि जस्ता पाता, फलामे ट्रस, पोल लगाएत सामग्री सहयोग गर्नुभएको हो ।

सोमबार चौतारा पुगेर लामिछानेले उक्त सामग्री जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई हस्तान्तरण गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बाँसखर्क र भोटेकोसीमा एकसय टहरा बनाउने लक्ष्य अनुसार उक्त सामग्री प्राप्त भएको हो ।

लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

May be an image of 2 people, people sitting and people standing

May be an image of 1 person, standing, tree and outdoors

May be an image of 9 people, including Prakash Nepal, Rajendra Sharma and Rohit Sharma, people sitting, people standing and outdoors

May be an image of one or more people, people standing, outdoors and text that says 'SANDEEP TEAM'

May be an image of 6 people

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने