२०८३ असार ६, शनिबार
 

काठमाडौंमा २५ सिट भन्दाबढी क्षमताका सवारी जोर विजोर प्रणालीमा चल्ने

prabhu bank home loan

काठमाडौं,

काठमाडौंमा निषेधाज्ञा एक हप्ता थप्नुका साथै अझ खुकुलो पार्दै मंगलबारबाट सार्वजनिक यातायातका साधनहरु जोर विजोर प्रणालीमा चल्ने भएका छन् । उपत्यकामा २५ सिट भन्दा बढी क्षमता भएका सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ ।

ती सवारीलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोर विजोरअनुसार चलाउन दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । ‘काठमाडौं उपत्यकाभित्र मात्र सञ्‍चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधन जोर विजोर प्रणालीमा सञ्‍चालन गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्‍चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दाबढी संख्यामा यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्ने सार्वजनिक सवारी साधन बिहान ६ः०० बजे देखि साँझ ७ः०० बजेसम्म मात्र सञ्‍चालन गर्ने ।’ प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा भनिएको छ ।

वैशाख १६ गतेयता सार्वजनिक सवारी साधन बन्द छन् । माइक्रो तथा टेम्पोजस्ता साना सवारी साधनको हकमा लगाइएको रोक भने कायमै छ । यस्तै दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको पराजुलीले बताउनुभयो । यस्तै अन्य पसलहरूको हकमा पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने