२०८२ असार ६, शुक्रबार
 

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

एजेन्सी,

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित हुनुभएको छ । इरानको सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत रहनु भएका राइसी ६२ प्रतिशत मतसहित इरानको १३ औं राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । ९० प्रतिशत मतगणना हुँदै आफ्नो जीत सुनिश्चित भएपछि राइसीले देशका सम्पूर्ण नागरिकहरुलाई धन्यवाद दिनु भएको थियो ।

६० वर्षीय राइसीले २ करोड ८६ लाख भोट गणना भएकोमध्ये १ करोड ७८ लाख भोट प्राप्त गर्नुभएको त्यहाँका गृहमन्त्रीले बताएका छन् । रायसीले अगष्टमा राष्ट्रपतिको शपथ लिनुहुनेछ । मतगणना सकिन लाग्दा वर्तमान राष्ट्रपति हसन रुहानीले नयाँ राष्ट्रपति चुनेकोमा सबै मतदातालाई धन्यवाद दिनु भएको छ । दुई कार्यकाल राष्ट्रपति बनेर रुहानी बिदा हुन लाग्नु भएको हो ।

इरानका सर्वोच्च नेता अली होसेनी खामेनीका चेला मानिने राइसी दक्षिणपन्थी विचारक रुपमा परिचित हुनुहुन्छ । उहाँसँग ४ जना उम्मेदवार चुनावी मैदानमा थिए । उहाँको विजयले इरानको आन्तरिक राजनीति र विदेश मामिलामासमेत प्रभाव पर्न सक्ने विश्लेषण भैरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

11 + 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने