२०८३ भदौ १०, बुधबार
 

बाढी पहिरोमा परी हेलम्बु गाउँपालिकामा मात्रै २३ जना बेपत्ता

prabhu bank home loan

मेलम्ची,

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा आएको बाढी र पहिरोमा परी ४ महिलासहित २३ जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै वडा नम्बर १ मा रहेको सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरोको कारण आएको बाढीमा परी चार महिला र १९ पुरुष गरी २३ जना बेपत्ता भएको जनाएको हो ।

बाढीले ६ वटा झोलुंगे पुल बगाएको छ भने तीन वटा मोटरेबल पुल बगाएको छ । तिम्बुमा रहेको मेलम्ची खोलाको पुल, दङतोम्बामा रहेको मोटरेबल पुल, चेक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जानकारी दिनुभयो । चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा परेको छ । यस्तै काठमाडौं–मेलम्ची हुँदै हेलम्बु जाने सडकको डुंग्रे बजार खण्डमा करिब ३०० मिटर, चनौटेदेखि गणेशेबगरसम्मको करिब ७०० मिटर, भूमेश्वरी तितेखानी खण्डको करिब ५०० मिटर र किउल–तिम्बु–अम्बाथाङ ५ किलोकिटर सडक क्षतिग्रस्त भएको छ ।

बाढीले हेलम्बु गाउँपालिका–१ स्थित च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका करिब २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले ११२ परिवार विस्थापित भएका छन् । किउलमा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन बनाएको पनि बगाएको छ भने वडा नम्बर ३ को भण्डारी सिममा रहेका तीन घर पनि बाढीले बगाएको छ ।

यसैगरी गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका करिब २५ पसल बाढीले बगाएको छ भने अधिकांश घरमा क्षति पुगेको छ । बाढीले ८ वटा ट्राउट माछा फर्ममा पूर्ण क्षति भएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने