२०८३ भदौ १५, सोमवार
 

नवनियुक्त मन्त्रीहरूले लिए सपथ, मन्त्रिपरिषदले पायो पूर्णता

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री थप्नु भएको छ । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री छन् ।

राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गर्नुभएको थियो । यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री र नैनकला थापा सञ्चार मन्त्री नियुक्त हुनु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना नियुक्त हुनुभएको हो । यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, विना विभागीय मन्त्रीमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विकले आज सपथ लिनु भएको छ ।

यसअघिको मन्त्रिपरिषद बिस्तारको विरुद्ध सर्वोच्चमा परेको रिटमाथि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेकोमा जवाफ नपठाउँदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बिस्तार गरेर जवाफ दिएको टिप्पणी हुन थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने