२०८३ भदौ २१, आइतवार
 

गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण

रोट पकाइँदै। तस्वीर स्रोतः दरौंदीडटकम ।
prabhu bank home loan

गोरखा,

गोरखाको गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । १८ औं सवालाख रोट महोत्सव अवधिभर गुरु गोरखनाथलाई १ लाख ५४ हजार रोट अर्पण गरिएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका सञ्चालक रामजी अर्यालले जानकारी दिनुभयो । ‘माहामारीका बिचमा पनि महोत्सवलाई निरञ्तरता दिएर समापन गर्न पाएकोमा खुशी लागेको’ अर्यालले भन्नुभयो ।

गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो । सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजना र गोरखाको समन्वयमा गत जेष्ठ १२ गते देखी २२ गतेसम्म सञ्चालित रोट महोत्सवमा गुरु गोरखनाथलाई मन पर्ने ‘ताई रोट’ (घ्यूमा पकाईने एक प्रकारको रोटी) अर्पण गरिएको केन्द्रले जानकारी दिएको छ ।

महोत्सव अवधिभर दैनिक बिहान गुरु गोरखनाथको स्तोत्र पाठ, मन्त्र जप र हवन गरिएको थियो । केन्द्रले दिएको जानकारी अनुसार दैनिक दिउँसो विभिन्न शक्तिपिठको तान्त्रिक बिधीद्वारा पुजन गर्ने काम र पादुका पुजन (गोरखनाथ गुफामा) पनि भएको थियो । पादुका पुजन सकिए लगत्तै दैनिक रुपमा तयार भएको रोट गुरु गोरखनालाई चढाउने गरिन्छ ।

१६ औं रोट महोत्सवसम्म भब्यरुपमा मनाईएको कार्यक्रम गत वर्ष र यो वर्ष कोरोना महामारीका कारण सर्वसाधारणलाई रोक लगाएर केन्द्रकै खर्चमा कार्यक्रम सम्पन्न गरिएको हो । १८ औं रोट महोत्सवमा भक्तजन र केन्द्रको करिब १२ लाख खर्च भएको अनुमान गरिएको छ । यसपटक कोरोना महामारीका कारण गोरखनाथका मुल पुजारी र सुरक्षाकर्मीले मात्र रोट बनाएर गोरखनाथलाई अर्पण गरिएको सिद्वाश्रम शक्ति केन्द्र गोरखाका साधक किशोर अकेलाले जानकारी दिनुभयो ।

कोरोनाका कारण यस पटक प्रसाद धेरै जिल्लामा पठाउन नसकिएको केन्द्रले जनाएको छ । विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको रोट महोत्सवमा अघिल्ला वर्षहरुसम्म स्वदेश तथा विदेशबाट भक्तजन हरु आउने गरेका थिए । रोट महोत्सव बिक्रम सम्बत २०६१ सालदेखि निरन्तर सञ्चालनमा आईरहेको छ । परापूर्व कालमा भने शाह बंशका राजपरिवारले मात्र गुरु गोरखनाथलाई सवा लाख रोट चढाउने परम्परा थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने