२०८३ असार ६, शनिबार
 

सफा हिमाल अभियान २०२१ का क्रममा ६ हिमालबाट २७ टन फोहोर संकलन

prabhu bank home loan

काठमाडौं,

१) नेपाल सरकारको कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल अभियान २०२१” कार्यक्रमको आज मिति २०७८ ज्येष्ठ २२ गते प्रबन्धरथी उपरथी गोकुल भण्डारीको प्रमुख आतिथ्यतामा जङ्गी अड्डामा आयोजित एक समारोहका बीच Virtual माध्यमबाट समापन भएको छ ।

२) सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी विभिन्‍न ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ मिति २०७७ चैत्र ३१ गतेबाट ज्येष्ठ १५ गतेसम्म संचालित उक्त अभियानबाट २७,६७१ के.जी. फोहोर संकलन गर्न सफल भएकोमा कुहिने २,५०५ के.जी. फोहोर स्थानीय निकाय/समिति तथा नकुहिने फोहोर २५,१६६ के.जी. Recycling Agency लाई विभिन्‍न मितिहरुमा हस्तान्तरण गरिएको छ । साथै, उक्त अभियानको दौरान धवलागिरि हिमालको आधार शिविरमा २ वटा र सगरमाथा हिमालको क्याम्प ४ (८,००० मि) मा २ गरी जम्मा ४ वटा शव फेला परेकोमा उक्त शवहरुको उचित व्यवस्थापनको लागि सम्बन्धित अधिकारीहरुलाई बुझाइएको थियो ।

३) कोभिड १९ महामारीको कारण सिमित व्यक्तित्वहरुको भौतिक उपस्थिति तथा अन्य सरोकारवालाहरुको Virtual सहभागितामा संचालित उक्त समारोहमा सफा हिमाल अभियानका निर्देशक तथा नेपाली सेनाको राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले स्वागत मन्तव्य राख्दै कोभिड १९ महामारीसँगै Tauktae तथा  Yass Cyclones हरु समेतको प्रतिकुल एवं जोखिमपूर्ण परिस्थितिको दौरान समेत उक्त अभियानलाई निरन्तरता दिई समय योजना अनुसार नै लक्ष्य अनुरुपको नतिजा प्राप्त गर्न सफल भएकोमा अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिहरुको उच्च प्रशंसा एवं बधाई दिनुहुँदै सहयोगी संस्थाहरु प्रति आभार व्यक्त गर्नु भएको थियो ।

४) कार्यक्रममा Campaign Leader हरुले प्रमुख अतिथि प्रबन्धरथी उपरथी गोकुल भण्डारी समक्ष Flags in गर्दै समग्र अभियानको दौरान आफ्नो भोगाई तथा अनुभव व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्‍ने क्रममा वन तथा वातावरण मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख श्री धनन्जय पौडलेले विविध जटिलताका बीच पनि हिमाल सफाई जस्तो चुनौतीपूर्ण कार्यको सफल कार्यान्वयन भएकोमा अभियानमा आबद्ध सबैलाई बधाई ज्ञापन गर्दै जस्तोसुकै प्रतिकुल अवस्थामा समेत आफ्नो जिम्मेवारी पुरा गर्ने नेपाली सेनाको चरित्र पुनस् प्रमाणित भएको बताउनु भएको थियो । कार्यक्रममा Virtual रुपमा सहभागिता जनाउनु भएका The Coca-Cola Company का Country Director  Mr. Aadarsha Awasthi र Unilever Nepal Ltd काManaging Director Mr. Amlan Mukharjee ले सबै सहयोगी संस्थाहरु समेतको तर्फबाट पठाउनु भएको भिडियो संदेशहरु समेत प्रस्तुत गरिएको थियो ।

५) कार्यक्रमका प्रमुख अतिथि उपरथी भण्डारीले उक्त अभियानका सहयोगी संस्थाहरु नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, Expedition Operators Associations, The Coca-Cola Company, Unilever Nepal Ltd, ICIMOD, WWF Nepal, Polymet SA Pte Ltd, The Nepal Distilleries,  PlastNepal Foundation, Yeti Airlines, Himalayan Climate Initiative, Avni Centre for Sustainability, Avni Ventures तथा सेवा प्रदायक Peak Promotion Company लाई कदरपत्र वितरण गर्नु भएको थियो । वहाँले Recycling Company Agency Avni Centre for Sustainability लाई सांकेतिक फोहोर हस्तान्तरण गर्दै अभियान अन्तर्गत आमदब्लम हिमाल सफाईको क्रममा उक्त हिमाल सफलतापूर्वक आरोहण गर्ने नेपाली सेनाका ३ जना र शेर्पा सहयोगी २ जना गरि जम्मा ५ जनालाई बधाई दिनु भएको थियो । उहाँले आफ्‍नो मन्तव्यको क्रममा हिमाली क्षेत्रहरुमा रहेका फोहोरबाट विश्व वातावरणमा परेको प्रतिकुल असरको बारेमा सचेतना फैलाउन, हिमशृंखलाहरुको मनोरम सौन्दर्यतालाई अक्षुण राख्न तथा वातावरण प्रबर्द्धनमा सहयोगीसिद्ध साबित हुनुको साथै यस अभियान नागरिक/सैनिक सम्बन्ध तथा सहकार्यको अनुकरणिय नमुना समेत रहेको बताउनु भएको थियो ।

६) यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा न्यिदब िध्बचmष्लन को असरलाई कम गर्न धेरै हदसम्म सहयोग पुर्‍याउने तथा कोभिड १९ को कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसायमा सकारात्मक उर्जाको सञ्चार हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।

नेपाली सेना
जनसम्पर्क तथा सूचना निर्देशनालय
प्रेस विज्ञप्ति नं. १०१
मितिः २०७८ ज्येष्ठ २२ गते

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने