२०८३ बैशाख १८, शुक्रबार
 

ढुङ्गा गिट्टी निकासीको निर्णय फिर्ता नभए सत्याग्रह थाल्ने मानवअधिकार तथा शान्ति समाजको चेतावनी

prabhu bank home loan

काठमाडौं,

मानवअधिकार तथा शान्ति समाजले ढुङ्गा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएको छ । विश्व वातावरण दिवसका अवसरमा शनिबार प्रेस विज्ञप्ति जारी गर्दै समाजले सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको जनाएको छ ।

शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स)मा जोड दिंदै हिमालय बचाऊ आन्दोलन समेत सञ्चालन गरिरहेको उल्लेख गर्दै समाजले ढुङ्गा गिटी निकासीको निर्णय नसच्याए सत्याग्रह आन्दोलन शुरु गर्ने उल्लेख गरेको हो । ‘वातावरण विनाश गर्ने सरकारको यो नीतिले नेपालको दक्षिणको मैदानी इलाका मरुभूमिकरण हुने खतरा रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो आत्मघाती कदम वातावरणीय प्रतिगमन हो, छिमेकीलाई रिझाउन अंगदान गर्न सकिंदैन ।’

सरकारको यो निर्णय फिर्ता गराउन समाजका सबै तह र तप्काको सामूहिक पहल र दबाब आवश्यक रहेकोमा समाजका केन्द्रीय सभापति गोविन्द खनालले जोड दिनु भएको छ ।

६ जिल्लामा वृक्षारोपण

यसैबीच मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसको अवसर पारेर रुपन्देहीको बुटवलस्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल परिसरसहित ६ जिल्लामा वृक्षारोपण गरेको जनाएको छ । बुटवलमा आँप, अमला, रुद्राक्ष, बेल, धुपी सल्लो, कल्पी फूल लगायत जातका एक सयभन्दा बढी बिरुवा रोपिएको समाजका जिल्ला सभापति डीपी खनालले जानकारी दिनुभयो । यस्तै काठमाडौ, पर्सा, चितवन, कपिलवस्तु, दाङ, नवलपरासी पश्चिम र सुर्खेतमा पनि वृक्षारोपण गरिएको समाजले जनाएको छ ।

प्रेस विज्ञप्ति

चुरेको अत्यधिक दोहन र वातावरण विनास विरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने/६ जिल्लामा वृक्षारोपण
विश्व वातावरण दिवस ५ जुनका दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । जेठ २२ गते बिहान शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुल लगाएत एक सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको छ ।

कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय वचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गर्दै हालै सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने बताउनुभयो । वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिनुभयो । वृक्षारोपण कार्यक्रममा केन्द्रिय सचिब मिना ढकाल, केन्द्रीय सदस्य बिष्णु भुसाल, आम्दा अस्पताल मेसु डा। राजेन्द्र बश्याल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्कासहितको सहभागिता थियो ।
यसैगरी जेठ २२ गते बिहान काठमाण्डौ गोठाटार खुर्सानीबारीस्थित असहाय गाईबाच्छा संरक्षण स्थलको डाँडामा शान्ति समाजद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित जनप्रतिनिधिहरु र अधिकारकर्मीहरुद्वारा काइयो, ज्याकारान्डा, कपुर, पारिजात र पिपल लगायतका ५० वटा विरुवा रोपिएको छ ।

जेठ २२ गते शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरस्थित केशवराज झुपाकुकमरी वृद्धाश्रमको प्राङ्गणमा शान्ति समाजका वरिष्ठ उपसभापति शुशील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनारसहित १० जनाले वृक्षारोपण गर्नुभएको थियो ।
शान्ति समाज पर्सा शाखाद्वारा जेठ २२ गते विरगञ्जस्थित त्रिजुद्ध मा।वि प्रांगणमा सम्पन्न वृक्षारोपण कार्यक्रममा शाखा सभापति प्रेम पटेल, उपसभापति जिनुमाँया मानन्धरसहित १० जना अधिकारकर्मीहरुले वृक्षारोपण गर्नुभएको थियो ।

कपिलवस्तु शाखाद्वारा श्री सिद्धार्थ माध्यमिक विद्यालय बुन्ची कपिलवस्तुको प्राङ्गणमा आयोजित वृक्षारोपणमा शाखा सभापति गोविन्द पोख्रेल, सचिव माधव घिमिरे सहित अधिकारकर्मीले ५ प्रजातिको १२ वटा वृक्षारोपण गर्नुभएको थियो । विश्व वातावरण दिवसकै अवसरमा शान्ति समाज चितवन शाखाद्वारा प्रकृतिको संरक्षण गरौं रूख रोपौं भन्ने नारा सहित नव जागृत वन उपभोक्ता समुहको वनमा चितवन शाखा सभापति शम्भु राउतसहित अधिकारकर्मीहरु पुर्ण चन्द्र चापागाईं, रबिन खतिवडा, रितु न्युपाने, सुप्रिया सापकोटाले वृक्षारोपण गर्नुभएको छ ।

सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाइन्छ ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मितिः २०७८ जेठ २२

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 + 13 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने