२०८३ बैशाख १६, बुधबार
 

मन्त्रिपरिषद् पुनर्गठन, कामचलाउ सरकारमा तीन उपप्रधानमन्त्री

prabhu bank home loan

काठमाडौं,

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले एमालेका अर्थमन्त्री विष्णु पौडेल तथा रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् ।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ भने मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउनु भएको छ ।

नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनु भएको छ । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त हुनु भएको छ । नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राख्नु भएको छ ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजनः
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र संघीय मामिला तथा सामान्य प्रशासन ।
विष्णु पौडेलः उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतोः उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठः उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङः स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठः मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
बसन्तकुमार नेम्वाङः मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठः मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारीः मन्त्री, ऊर्जा, जलश्रोत तथा सिँचाइ
अनिल झाः मन्त्री, खानेपानी तथा सरसफाइ
विमल श्रीवास्तवः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
उमाशंकर अरगरियाः मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्णः मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
चन्दा चौधरीः मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँः मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरीः राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङः राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

No photo description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 − nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने