२०८२ जेष्ठ ६, सोमवार
 

कोरोनाको तेस्रो र चौथो लहर आउँछ, बालबालिकाका लागि कम्तिमा २० प्रतिशत बेड छुट्याउनु

काठमाडौं,

सरकारले कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो तथा चौथो लहरबाट संक्रमित बालबालिकाको उपचारका लागि कम्तिमा २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन पनि दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको हो । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने उपाध्यायले बताउनुभयो ।

मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ । कोभिड १९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रालयले सबैको मिहिनेतले अवस्था काबुभित्र नै रहेको बताएको छ । तर अब तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो ।

‘पहिलो र दोस्रो लहरले अत्याधिक मात्रामा बृद्धबृद्धा र युवाहरू संक्रमित भएको हुँदा व्यवस्थापन तयारी बृद्धबृद्धा र युवा लक्षित मात्र हुन पुगेको छ। दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने