२०८३ बैशाख ५, शनिबार
 

पार्टीलाई मजबुत बनाउने कार्यमा लाग्‍न ओलीको आग्रह

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । संसदमा विश्वासको मत लिनु अघिल्लो दिन अर्थात आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले विश्वासको मत असफल पार्न नेपाल समूहका केही सांसदले राजीनामा दिने तयारी थालेको उल्लेख गर्दै नेपाल समूहका गतिविधिलाई इतिहासले माफी गर्ला ? भनेर प्रश्नसमेत सोध्नु भएको छ ।

विज्ञप्तिमा ओलीले विरोधीहरुका स्वार्थलाई मलजल गर्न आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएको बताउनु भएको छ । ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको सिकार बनाउनु हुँदैन आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानीकारक प्रयास भएका छन्,’ ओलीले भन्नुभएको छ, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालीछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानीकारक छन् ।’

पार्टी अध्यक्षको हैसियतमा ओलीले त्यस्ता अपराध कर्ममा संलग्न नहुन सबैलाई आह्वान र आग्रह गर्नुभएको छ । पार्टी विभाजन रोक्न गरेको अन्तिम प्रयासस्वरुप ओलीले विज्ञप्तिमार्फत नेता कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one + 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने