

चौतारा,
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपश्चात निम्नानुसारको कार्यहरु गरेको छ:
जिल्ला स्थित विभिन्न सरोकारवालाहरुको उपस्थितीमा नगर स्तरीय सर्वपक्षिय बैठक सम्पन्न गरियो ।
कोभिड १९ संक्रमण नियन्त्रण तथा संकट ब्यवस्थानको लागि १७ सदस्यीय नगरस्तरिय कोभिड १९ संकट ब्यवस्थापन समिती गठन गरियो ।
१४ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा ७÷७ सदस्यीय कोभिड १९ संकट ब्यवस्थापन तथा समन्वय समिति गठन गरियो ।
नगरपालिकाका सबै वडाका शंकास्पद स्थानमा स्वाब संकलन गरि नमुना परिक्षण गर्न सुरु गरिएको छ र कन्ट्याक ट्रेसिङलाई थप ब्यवस्थित गर्न स्वास्थ्य टोली टोलटोलमा परिचालन गरिएको छ । जस अनुसार हालसम्म ७ सय ५२ जनाको पीसीआर गरियो, जसमा एक सय ६४ जना संक्रमित देखियो, ३ सय २ जनाको रिपोर्ट आउन बाँकी, २ सय ८६ नेगेटिभ र ९ जना निको भइसकेको छ ।
मेलचौरमा रहेको ३० बेडको क्वारेन्टीनलाई तत्काल ब्यवस्थापन गरि आइसोलेसन केन्द्रको रुपमा स१चालन गर्न थप ब्यवस्थापन गरिसकिएको छ ।
जिल्ला समन्वय समिति, चौतारा अस्पताल र चौतारा स्थित फिल्ड ट्रेनिङमा रहेका २६ बेडको आइसोलेसनलाई थप ब्यवस्थित गरि उपचार केन्द्र बनाइएको, हाल ७ जना उपचाररत छन् ।
हाल चौतारामा रहेको एउटा डेडिकेटेड एम्बुलेन्सले अपुग हुने देखिएकोले २ वटा एम्बुलेन्स थप गरिएको छ ।
उच्च संक्रमण भएको स्थानका ब्यक्तिहरुको अन्यत्र आवतजावतमा नियन्त्रण गर्न संक्रमित क्षेत्र शिल गर्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उक्त कार्य सुरुवात गरिएको छ ।
यहि बैसाख २४ गतेबाट स्याउले, चौतारा, मेलचौर, इर्खु, जल्केनी, साँगाचोक, सुकुटे लगायतका बजारमा रहेका खाद्यान्न पसल, फलफुल तथा तरकारी पसल, मेडिकल तथा भेटेरिनरी पसल, निर्माण सामग्रीका पसल बाहेक सबै पसलहरु बन्द गर्न स्थानीयहरुलाई अनुरोध गरिएको छ र त्यसको अनुगमन गर्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिसँग समन्वय गरिएको छ ।
आपतकालीन सेवालाई चुस्त दुरुस्त र ब्यवस्थित राख्न नगरपालिकाका ४ जना कर्मचारीहरुलाई फोकल ब्यक्ति तोकिएको छ । नगरभित्रका एम्बुलेन्सहरुसँग समन्वय गर्न रोहित शर्मा, संक्रमितहरुसँग समन्वय गर्न शिव बहादुर पुरी, आइसोलेसनसँग समन्वय गरि संक्रमितहरुको व्यवस्थापन गर्न चिरञ्जीवी कट्टेल र संक्रमितहरुको ट्रेसिङ र नतिजाबारे जानकारी गराउन दिनेश नेपाललाई तोकिएको छ ।
रेडियोहरुबाट निरन्तर सुचना प्रसारण गरिएको छ ।
नगरपालिकामा ५ सिलिन्डर अक्सिजन मौज्दात राखिएको छ र चौतारा अस्पतालमा २५ वटा मौज्दात छ । संक्रमितहरुलाई मास्क, सेनिटाइजर र थर्मोमिटर लगाएत स्वास्थ्य सामग्री लिएर नगर प्रमुखको नेतृत्वमा घरघरमा भेट्ने अभियान सञ्चालन भएकोे छ ।

