२०८३ भदौ ९, मङ्लबार
 

वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल बनाइने

prabhu bank home loan

काठमाडौं,

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिनुभयो ।

त्यसका लागि मन्त्रिपरिषद बैठकले कोभिड १९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८ पास गरेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै त्यस्तो निर्णय लिइएको हो ।

यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।

वीरमा कम्तीमा ८ सय शय्या सञ्चालन गर्न सकिने स्वास्थ्य मन्त्रालयको आँकलन छ । साधारण बिरामीलाई एक सय शय्या छुट्याएर सात सय शय्या कोरोना उपचारमा प्रयोग गर्ने तयारी स्वास्थ्यको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने