२०८३ भदौ १०, बुधबार
 

खोप खरीदमा भ्रष्टाचार भएको काँग्रेसको आरोप

prabhu bank home loan

काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस विरुद्धको खोप खरीदमा भ्रष्टाचार भएको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको भयावह अवस्था हुँदा पनि सरकार गम्भीर नबनी अनियमितता गर्न उद्यत रहेको बताउनुभएको छ ।

विज्ञप्ती मार्फत् सभापति देउवाले खोप खरीपमा अनियमितता गर्ने जोकोही भएपनि कडाभन्दा कडा कारवाही गर्न माग पनि गर्नुभएको छ । ‘यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भएपनि कडा कारवाही गर्न सम्बन्धित निकायसंग माग गर्दछु’, देउवाले भन्नुभएको छ ।

प्रेस विज्ञप्ति

कोभिड–१९ को महामारी दिनानुदिन विस्तार भईरहेको छ । दैनिक हजारौंको संख्यामा कोभिडका बिरामी थप हुँदै छन् । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भएको छ । अक्सीजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेका छन् ।

कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन । हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन । विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले सुनेन ।

सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन । समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन । फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ । यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्ण रुपमा जिम्मेवार छ । अहिले कमीशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भईसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होईन । जनताको जिवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो ।

जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु । यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु । नेपाली जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गर्दछु ।

देशमा व्याप्त यस विषम घडीमा सबै दाजुभाई, दिदीबहिनीमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछु । देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 + 20 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने