२०८३ मंसिर १२, शुक्रबार
 

अक्सिजन सिलिन्डर स्टक नराख्न गृह मन्त्रालयको अपिल

prabhu bank home loan

काठमाडौं,

कोभिड १९ को दोस्रो लहरको संक्रमणका कारण देशभर अक्सिजनको अभाव टार्न प्रहरी परिचालन गरेरै गृह मन्त्रालयले देशभरबाट १ हजार ८ सय १६ थान सिलिन्डर जफत गरेको छ । कोभिड १९ को उपचारका लागी आवश्यक अक्सिजन विभिन्न आयोजना, उद्योग र घरमा स्टक नराख्न गृह मन्त्रालयले आग्रह गरेको छ । शुक्रवार साँझ गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर अक्सिजन सिलिन्डर नजिकको अस्पताल र सुरक्षा निकायमा बुझाउन अपिल गरेको छ ।

‘उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराएर कोभिड उपचारमा योगदान मन्त्रालय अपिल गर्दछ’ गृहको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्धतिलाई प्रभावकारी तुल्याउने सरकारी अभियानमा सहभागिताका लागि आग्रह गर्दछ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिन्डर जम्मा गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने