२०८३ बैशाख ४, शुक्रबार
 

२२ जिल्लामा डरलाग्दो गरी कोरोना भाइरसको सङ्क्रमण फैलियो

prabhu bank home loan

काठमाडौं,

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले २२ जिल्लामा डरलाग्दो गरी कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको जनाएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमणदर डरलाग्दो गरी फैलिरहेको सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले आज जारी गरेको अपिलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको उल्लेख गरेको छ । अपिलमार्फत मन्त्रालयले सबैलाई संवेदनशील हुन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । सङ्क्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दुरी कायम गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔँ) नै उत्तम उपाय भएको अपिलमा भनिएको छ ।

कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन र सार्वजनिक स्थलमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने