२०८२ जेष्ठ ६, सोमवार
 

५ हजार ७ सय २७ मा कोरोना सङ्क्रमण, ३३ को मृत्यु

काठमाडौं,

पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज उपत्यकामा झण्डै तीन हजार जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

काठमाडौंमा दुई हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ गरी २ हजार ९ सय ५६ जनामा सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको कुल संख्या ३ लाख २३ हजार एक सय ८७ पुगेको छ । जसमध्ये ३८ हजार ८ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसन र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ९ सय २८ रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार एकैदिनमा थपिएका संक्रमितको संख्या पहिलो लहरको उच्च विन्दु नजिक हो । नेपालमा २०७६ माघ १० मा पहिलो केस भेटिएको थियो भने २०७७ कात्तिक ५ गते २० हजार ७ सय ४२ नमुना परीक्षण गर्दा ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three − 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने