२०८३ बैशाख ५, शनिबार
 

धौलागिरी बेसक्याम्प नजिकै हेलिकप्टरको अवशेष र २ शव फेला

prabhu bank home loan

काठमाडौं,

सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टरको अवशेष धौलागिरी हिमालको बेसक्याम्प नजिकै भेटिएको छ । धौलागिरी बेस क्याम्पबाट एक किलोमिटरको दुरीमा एयर डायनेष्टीको नाइन एन एसीआर लेखिएको हेलिकप्टरको अवशेष भेटिएको हो ।

नेपाली हिमाल सफाइमा निस्केको सेनाको टोलीले हेलिकप्टर र दुई वटा शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । हेलिकप्टरभन्दा केही पर शव फेला परेको र ती शवको पहिचान भइनसकेको पौडेलको भनाइ छ । सेनासहित स्थानीय निकाय, संघ संस्था तथा स्थानीयको समन्वयमा सगरमाथासहित ६ वटा हिमाल सफाइ भइरहेको पनि पौडेलले जानकारी दिनुभयो ।

अस्ति फेला परेको हेलिकप्टरको अवशेष र शवका विषयमा सेनाले आज जानकारी गराएको हो । १२ गतेबाट सुरु भएको सफाइ अभियान अन्तर्गत हिजोसम्ममा ५ हजार १ सय ५४ केजी फोहोर सङ्कलन भएको सेनाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने