२०८२ माघ १०, शुक्रबार
 

बुधबार ३३ प्रतिशतभन्दा बढीमा कोरोना पुष्टि, निको हुने ८९.३ प्रतिशत

prabhu bank home loan

काठमाडौं,

पछिल्लो २४ घण्टामा परीक्षण गरेकोमध्ये ३३ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ८ सय ३४ वटा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१३ हजार ८ सय ७९ पीसीआर परीक्षणमा ४ हजार ७ सय ७४ र ९ सय ५५ एन्टिजेन परीक्षणमा एक सय ७४ गरी ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको सँख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ७३ जना निको भएसँगै कोरोनाबाट निको हुनेको सँख्या २ लाख ७९ हजार २ सय ७९ अर्थात ८९ दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९० पुगेको छ । जसमध्ये २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् ।

सबैभन्दा बढी काठमाडौँ उपत्यकामा २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका एक हजार ४ सय ६४ जना, भक्तपुरका २ सय ३२ जना र ललितपुरका ३ सय ५१ जना रहेका छन् ।

यस्तै रुपन्देहीमा ४ सय ३४ जना, बाँकेमा ३ सय २८ जना, कैलालीमा एक सय ९४ जना, कास्कीमा एक सय ८२ जना, दाङमा एक सय ८० जना, चितवनमा एक सय ४७ जना, सुर्खेतमा एक सय ३२ जना, मोरङमा एक सय २८ जना र पर्सामा एक सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै गोरखामा ६१ जना, धनुषामा ५३ जना, काभ्रेपलाञ्‍चोकमा ५० जना, सुनसरीमा ४९ जना, कपिलवस्तुमा ४७ जना, बारामा ४१ जना र झापामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नवलपरासी पश्‍चिम, पाल्पा, बर्दियामा २८/२८ जना, नुवाकोटमा २५ जना, कञ्‍चनपुरमा २ जना, रौतहट र सप्तरीमा २३/२३ जना, धादिङ र बैतडीमा २२/२२ जना, लम्जुङ र स्याङ्जामा २१/२१ जना, अर्घाखाँचीमा २० जना, नवलपरासी पूर्व र गुल्मीमा १८/१८ जना, महोत्तरी, सिरहा र सिन्धुपाल्चोकमा १७/१७ जना, तनहुँमा १५ जना, ताप्लेजुङ र म्‍याग्दीमा १३ जना, डडेल्धुरामा १२ जना, पर्वतमा ११ जना र सर्लाहीमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै रोल्पामा ९ जना, रामेछाप, सिन्धुली, प्‍युठान, जाजरकोट र जुम्ला ८/८ जना, दोलखामा ६ जना, रुकुम पुर्व, कालिकोट, दैलेख र सल्यानमा ५/५ जना, मकवानपुरमा ४ जना, इलाम, भोजपुर र रुकुम पश्‍चिममा ३/३ जना, उदयपुर, खोटाङ, मुगु, अछाम, डोटी र बागलुङमा २/२ जना र ओखलढुंगा, धनकुटा, रसुवा, मुस्ताङ, लम्जुङ, डोल्पा, दार्चुला र बाजुराका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३ सय १७ बालबालिका कोरोना संक्रमित भेटिएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने