२०८२ जेष्ठ ६, सोमवार
 

बुधबार ३३ प्रतिशतभन्दा बढीमा कोरोना पुष्टि, निको हुने ८९.३ प्रतिशत

काठमाडौं,

पछिल्लो २४ घण्टामा परीक्षण गरेकोमध्ये ३३ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ८ सय ३४ वटा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१३ हजार ८ सय ७९ पीसीआर परीक्षणमा ४ हजार ७ सय ७४ र ९ सय ५५ एन्टिजेन परीक्षणमा एक सय ७४ गरी ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको सँख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ७३ जना निको भएसँगै कोरोनाबाट निको हुनेको सँख्या २ लाख ७९ हजार २ सय ७९ अर्थात ८९ दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९० पुगेको छ । जसमध्ये २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् ।

सबैभन्दा बढी काठमाडौँ उपत्यकामा २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका एक हजार ४ सय ६४ जना, भक्तपुरका २ सय ३२ जना र ललितपुरका ३ सय ५१ जना रहेका छन् ।

यस्तै रुपन्देहीमा ४ सय ३४ जना, बाँकेमा ३ सय २८ जना, कैलालीमा एक सय ९४ जना, कास्कीमा एक सय ८२ जना, दाङमा एक सय ८० जना, चितवनमा एक सय ४७ जना, सुर्खेतमा एक सय ३२ जना, मोरङमा एक सय २८ जना र पर्सामा एक सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै गोरखामा ६१ जना, धनुषामा ५३ जना, काभ्रेपलाञ्‍चोकमा ५० जना, सुनसरीमा ४९ जना, कपिलवस्तुमा ४७ जना, बारामा ४१ जना र झापामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नवलपरासी पश्‍चिम, पाल्पा, बर्दियामा २८/२८ जना, नुवाकोटमा २५ जना, कञ्‍चनपुरमा २ जना, रौतहट र सप्तरीमा २३/२३ जना, धादिङ र बैतडीमा २२/२२ जना, लम्जुङ र स्याङ्जामा २१/२१ जना, अर्घाखाँचीमा २० जना, नवलपरासी पूर्व र गुल्मीमा १८/१८ जना, महोत्तरी, सिरहा र सिन्धुपाल्चोकमा १७/१७ जना, तनहुँमा १५ जना, ताप्लेजुङ र म्‍याग्दीमा १३ जना, डडेल्धुरामा १२ जना, पर्वतमा ११ जना र सर्लाहीमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै रोल्पामा ९ जना, रामेछाप, सिन्धुली, प्‍युठान, जाजरकोट र जुम्ला ८/८ जना, दोलखामा ६ जना, रुकुम पुर्व, कालिकोट, दैलेख र सल्यानमा ५/५ जना, मकवानपुरमा ४ जना, इलाम, भोजपुर र रुकुम पश्‍चिममा ३/३ जना, उदयपुर, खोटाङ, मुगु, अछाम, डोटी र बागलुङमा २/२ जना र ओखलढुंगा, धनकुटा, रसुवा, मुस्ताङ, लम्जुङ, डोल्पा, दार्चुला र बाजुराका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३ सय १७ बालबालिका कोरोना संक्रमित भेटिएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six + one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने