२०८२ असार ६, शुक्रबार
 

उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा

काठमाडौं,

बैशाख १६ गते विहान ५ बजेदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ । सोमबार उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै आदेश जारी गर्दै वैशाख २२ गते राती १२ बजेसम्म अत्यवाश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाएका हुन् ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि सोमबार भएको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
तीनै जिल्लामा बिहीबारदेखि एक साता सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ ।

आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ । विवाह व्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जनासम्म सरिक हुन पाइने छ ।

यस अवधिमा सार्वजनिक एवं निजी सवारी साधनमा रोक लगाइनेछ भने अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।

अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध बोक्ने सवारी, फोहोरमैलाका सवारी विषय उल्लेख गरी सञ्चालन हुन पाउनेछन् । सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिएर सवारी साधन प्रयोग गर्न पाइनेछ ।

काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 + nineteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने