२०८२ असार ६, शुक्रबार
 

निर्मल बालविकास विद्यालयको छात्राबास भवन बन्ने

काठमाडौं,

काठमाण्डौं महानगरपालिका वडा नम्बर ३१ भिमसेनगोलामा रहेको निर्मल बालविकास विद्यालयको छात्राबास भवन बन्ने भएको छ । महानगरका प्रमूख बिधासुन्दर शाक्यले गएको सोमबार एक समारोहका बीच छात्राबास भवनको शिलान्यास गर्नु भएको हो ।

उक्त कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य गणेश दुलाल, महानगरका उपप्रमूख हरीप्रभा खड्गी र ३१ नम्बर वडाका अध्यक्ष नारायणप्रसाद भण्डारीको विशेष आतिथ्यता रहेको थियो । बौद्धिक अपाङ्गता भएकालाई पढाउने नेपालकै पहिलो यो विद्यालयमा ९४ जना विद्यार्थी अध्ययनरत छन् । अहिले १५ जनालाई मात्रै आवासीय सुविधा दिन सकिएको र छात्राबास बनेपछि ३० जनासम्मलाई आवासीय सुविधासहित पढाउने विद्यालयको तयारी छ ।

शिलान्यास कार्यक्रममा विद्यालयलाई सधैँ माया गर्नुहूने सहयोगी हातहरू हाम्रो माया नेपाल इभी जर्मन, भोलेन्टियर नेपाल परियोजना, किंगकोम क्लब, बिपन्नको लागी स्वास्थ्य, रोज बहिनी, का.म.पा वडा नं. ३१ लगायतलाई मेयर शाक्यले सम्मानपत्र तथा प्रसंशापत्र वितरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा रोज फाउण्डेशनका अध्यक्ष तथा समाजसेवी माधवप्रसाद भण्डारीले सहयोग स्वरूप प्रदान गर्नु भएको सेनिटरी प्याड भेण्डिग मेसिन समेत हस्तान्तरण गरियो । उपत्यकाको सम्पूर्ण विद्यालयमा रोज बहिनी विद्यालय स्वास्थ्य परियोजना लागू गरेको रोज फाउन्डेशनको कार्यलाई अझै प्रभावकारी बनाउने र उपत्यकाको सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत महिनावारी सञ्चालन भएका किशोरीहरुलाई एक एक बट्टा सेनेटरी प्याड घरघरमा पठाई नेपाल सरकारको किशोरी लक्षित कार्यक्रमलाई काठमाडौं महानगरपालिकामा सफल बनाउने घोषणा समेत गरियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने