२०८३ भदौ १०, बुधबार
 

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक टी २० क्रिकेटको उपाधि

prabhu bank home loan

काठमाडौं,

एक सय ४२ रनको कीर्तिमानी जितसँगै नेपालले त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई एक सय ४२ रनले पराजित गरेको हो ।

कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङको मद्दतमा नेपालले २ सय ३८ रनको कीर्तिमानी स्कोर खडा गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्समाथि हात पारेको एक सय ४२ रनको जित टी २० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३ औं सागमा भुटानलाई एक सय ४१ रनले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले ३ विकेट गुमाइ २ सय ३८ रन बनाएको थियो । नेदरल्यान्ड्सलाई सानो स्कोरमा समेट्नेक्रममा करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २ २ विकेट लिए । करणले ३ ओभरमा ११ रन खर्चे । कमलले ४ ओभरमा २२ र सन्दीपले ४ ओभरमा २६ रन खर्चेका थिए । नेदरल्यान्ड्सका माथिल्लोक्रमका दुई ब्याट्सम्यान टोबाइस भिसे र बास डे लिडलाई नेपाली फिल्डरले रनआउट गरे ।

नेदरल्यान्ड्सबाट सेबास्टियन ब्राटले २६ रन बनाई अविजित रहे । म्याक्स ओ’डाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए । यसअघि नेपालबाट कुशल भुर्तेलले ७७ रन बनाउँदै नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याएका थिए । प्रतियोगिताको ५ खेलमा चौथो अर्धशतक बनाउँदै उनले ट्वान्टी(२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । ५३ बलको इनिङ्समा उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

आसिफ शेख २ छक्का प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाई अविजित रहे । कुशल मल्लले २ चौका र ५ छक्का तथा दीपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 + four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने