२०८३ असार ७, आइतवार
 

२०७७ सालमा विपदबाट २ अर्ब बढीको क्षति, ५ सय ९२ को मृत्यु

prabhu bank home loan

काठमाडौं,

वि. सं. २०७७ सालमा मात्रै विपदबाट २ अर्ब एक करोड ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ । २०७७ बैशाख १ गतेदेखि २०७८ बैशाख १ गतेसम्म आगलागी, चट्याङ, जनावर आक्रमण, बाढी, पहिरो, अविरल वर्षा, हावाहुरी, हिमपात जस्ता विपदका ४ हजार एक सय ५७ वटा घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी आगलागीका २ हजार ५ सय ८५, पहिरोका ४ सय ८९, अविरल वर्षाका ३ सय ६०, चट्याङका २ सय ४७ र जनावर आक्रमणका २ सय ४३ घटना भएका छन् । विपदका कारण एक वर्षको अवधिमा ५ सय ९२ जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी पहिरोका कारण ३ सय एक जना, आगलागीबाट ९७, चट्याङबाट ७०, बाढीबाट ४२ र जनावर आक्रमणबाट ३७ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

एक वर्षको अवधिमा बाढी र पहिरोमा परि एक सय एक जना वेपत्ता रहेको प्राधिकरणले जनाएको छ । विपदका प्रमुख घटनाहरुबाट एक वर्षमा एक हजार एक सय ६७ जना घाइते भएकोमा सबैभन्दा बढी आगलागीबाट ३ सय ७९ जना घाइते भएका छन् । विपदका कारण ३ हजार ४ सय एक वटा चौपाया मरेकोमा सबैभन्दा बढी आगलागीबाट एक हजार ४ सय १३ चौपाया मरेका प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी क्षति पनि आगलागीबाटै भएको छ ।

आगलागीबाट मात्रै एक वर्षमा एक अर्ब ८२ करोड १४ लाख ३३ हजारभन्दा बढीको क्षति भएको छ । अविरल वर्षा, बाढी र पहिरोका कारण १६ करोड ९७ लाख १६ हजार भन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 + nineteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने