२०८३ बैशाख ४, शुक्रबार
 

नेकपा एमाले ओली समूहद्धारा स्थायी कमिटी गठन, नेताहरुको कार्यविभाजन

prabhu bank home loan

काठमाडौं,

नेकपा एमाले ओली समूहले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा शुक्रबार बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो । माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।

बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई बाहिरै राखेर कार्यविभाजन गरिएको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो , ‘केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन पनि सम्पन्‍न भएको छ । धेरै कमरेडलाई भूगोलको, केही कमरेडहरुले विभागको र केही कमरेडहरुलाई जनसंगठनहरुको जिम्मेवारी दिएर कार्यविभाजनका कामहरु पनि हामीले सम्प‍न्‍न गरेका छौं ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी स्कुल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कार्यालय प्रमुख, केन्द्रीय सदस्य अग्निप्रसाद खरेललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । केन्द्रीय सदस्य खगराज अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख र स्वास्थ्य सम्बद्ध संगठनहरुको इञ्चार्ज, गोकुल घर्ती नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ तथा सम्बद्ध इञ्‍चार्ज, युवा तथा खेलकुद विभाग प्रमुखमा दावा तामाङ, प्रदीप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख, प्रभु साहलाई सहरी विकास विभाग प्रमुख तोकिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने