२०८३ बैशाख ८, मङ्लबार
 

तिलाका सुनौला हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोशेली

prabhu bank home loan

जुम्ला,

जुम्लाको तिला गाउँपालिकामा सुनौला हजार दिनभित्रका आमाहरूसँग उपाध्यक्षको पोषण कोशेली कार्यक्रम शुरू भएको छ । उपाध्यक्ष विष्णु बुढाले प्रत्येक वडामा पुगेर पोषिलो कोशेली प्रदान गर्नुहुनेछ । गाउँपालिका भरीका १ हजार १ सय ७७ आमाहरू लाभान्वित हुने उपाध्यक्ष बुढाले बताउनुभयो ।

नियमित स्वास्थ संस्थामा चेकजाँच गराउनु पर्ने, दुई सन्तान इश्वरका बरदान, हरेक बार खाना चार लगायत आमा र बच्चाको स्वास्थ सुरक्षामा अभिभावकको भुमिकाका विषयमा समेत सचेतना गरिएको छ । कोशुलीमा बच्चालाई न्यानो कपडा, तेल, साबुन, नङकटर र पोषणयुक्त आहारा चना राखिएको छ ।

तिला गाउँपालिका ९ वटा वडामा विभाजित छ । ९ वडाकै सुनौला हजार दिनभित्रका १ हजार १ सय ७७ जना आमालाई १ साताभरि कोशेली वितरण गर्ने कार्यक्रम छ । ‘कोशेलीका कारण गर्भवती र सुत्केरी आमालाई निकै सहज भएको छ । सबैका घर हुनेखाने हुँदैनन् । विपन्न व्यक्ति तथा घरपरिवारमा यो कोसेलीले राहत पुगेको छ’, उपाध्यक्ष बुढाले भनिन्, ‘विशेषगरी गर्भवती र सुत्केरी आमाको पोषणमा सुधार ल्याउन कोशली उपलब्ध गराउन थालेका हौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने