२०८३ बैशाख ९, बुधबार
 

वर्षापछि वन डढेलो केही नियन्त्रणमा, १२० स्थानमा डढेलो जारी

prabhu bank home loan

काठमाडौं,

बिहीबार र शुक्रबार देशका धेरै भागमा वर्षा भएपछि विकराल बन्दै आएको वन डढेलो केही नियन्त्रणमा आएको छ । शुक्रबार बेलुकादेखि शनिबार विहानसम्म १७ जिल्लाका एक सय २० ठाउँमा डढेलो लागिरहेको छ । सबैभन्दा बढी बर्दियाका २० स्थानमा, सुर्खेतका १७ स्थानमा र कैलालीका १७ स्थानमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार सातवटै प्रदेशमा वर्षा भएको छ । महाशाखाका अनुसार सबभन्दा बढी वर्षा सिमरा (२९ मिमि) भएको छ । स्थानीय वायुका साथै पश्चिम वायुको प्रभावका कारण बुधबारदेखि देशभर वर्षा भएको हो । सूदूरपश्चिमका केही स्थानबाहेक मुलुकका धेरै स्थानमा वर्षा भएको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

वन तथा भू–संरक्षण विभागको ‘वन डढेलो पहिचान तथा अनुगमन प्रणाली’ले बिहीबार मुलुकको पश्चिम भागमा मात्र डढेलो लागेको देखाएको छ । लामो खडेरीका कारण चैत दोस्रो सातापछि देशभर डढेलो विकराल बनेको थियो । एकै दिन ५ सय स्थान सम्म डढेलो लागेको थियो । डढेलोमा परेर धन, जन र जैविक विविधतामा व्यापक क्षतिभएको छ । सरकारले क्षतिको आँकलन गरिसकेको छैन ।

जिल्ला डढेलो  संख्या
अछाम
बैतडी
बझाङ
बाँके
बर्दिया २०
डडेलधुरा
दाङ
दार्चुला
डोटी
जाजरकोट १४
कैलाली १७
कञ्चनपुर
प्युठान
पक्षमी रूकुम
सल्यान
सप्तरी
सुर्खेत १८
जम्माः १२०

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

7 + four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने