२०८३ बैशाख ९, बुधबार
 

देशभर ‘राष्ट्रिय घटना दर्ता अभियान’ सुरु

prabhu bank home loan

काठमाडौं,

अहिले देशभर ‘राष्ट्रिय घटना दर्ता अभियान’ सुरु भएको छ । बुधबारबाट सुरु भएको अभियान आगामी १६ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडा कार्यालय र अस्थायी शिविरमार्फत सञ्चालन हुनेछन् । व्यक्तिगत घटना दर्ता अन्तर्गतको जन्म र मृत्युसम्बन्धीको दर्तालाई सन् २०२४ सम्ममा शतप्रतिशत पुर्याउने लक्ष्यअनुरूप सो अभियान सुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

सरकारले वैशाख १ गतेलाई घटना दर्ता दिवसका रूपमा मनाउँदै आएको छ । यो अवधिमा नयाँ तथा पुराना, छुट हुन गएका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ गरी पाँच किसिमका व्यक्तिगत घटना दर्ता गर्न सकिने छ ।

“नेपालभित्र जो जहाँ बसे पनि नजिकको वडा कार्यालय तथा घटना दर्ता शिविरमा पुगेर जन्म, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ र आफन्तको मृत्यु घटना दर्ता गराउन सकिने छ”, विभागका महानिर्देशक जितेन्द्र बस्नेतले भन्नुभयो, “यो अभियान छोराछोरीको जन्म र आफन्तको मृत्यु दर्तालाई बढी लक्षित छ ।”

प्रचलित कानुनले जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराउनुपर्ने व्यवस्था गरे पनि विविध कारणले नहुने गरेको स्वीकार्दै महानिर्देशक बस्नेतले दिगो विकास लक्ष्य प्राप्तिसँगै मुलुकको समग्र विकास निर्माणमा व्यक्तिगत घटना दर्ता अनिवार्य भएको स्पष्ट पार्नुभयो ।

करिब तीन करोड जनसङ्ख्या रहेको मुलुकमा व्यक्तिगत घटना दर्ता अन्तर्गत ३५ दिनभित्रै जन्म र मृत्युको घटना दर्ता गर्नेहरु ६३ प्रतिशत मात्र रहेको छ । १६ दिने अभियानले सबै नागरिकलाई व्यक्तिगत घटना दर्ता र यसको महत्वबारे बुझ्न सहयोग पुग्ने विभागले जनाएको छ ।

विदेशमा रहेका नेपाली नागरिकका लागि विभिन्न मुलुकमा रहेका ३७ वटा कूटनीतिक नियोगबाट घटना दर्ता सेवा सञ्चालन गर्ने विषयमा परराष्ट्र मन्त्रालयसँग छलफल जारी रहेको महानिर्देशक बस्नेतले बताउनुभयो । देशभरका ४ हजार २ सयभन्दा बढी वडाबाट अनलाइन प्रणालीबाट घटना दर्ता भइरहेको बताउँदै महानिर्देशक बस्नेतले यस आर्थिक वर्षभित्रमा ५ हजार वडाबाट अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्न सकिने जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने