२०८३ बैशाख ४, शुक्रबार
 

निकुञ्जद्वारा वन्यजन्तु पीडितलाई झण्डै २० लाख राहत वितरण

prabhu bank home loan

नुवाकोट,

लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुवाट पीडित निकुञ्ज आसपासका किसानलाई राहत वितरण गरेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा वन्यजन्तुले क्षति पु¥याएका किसानलाई झण्डै २० लाख रुपैयाँ राहत वितरण गरिएको हो ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट पीडित किसानलाई १९ लाख ८० हजार ६ सय ६५ रुपैयाँ राहत वितरण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिनुभयो ।
चैत मसान्तसम्ममा निकुञ्जमा ३ सय ४१ वटा विभिन्न क्षतिका उजुरीसहित राहतका लागि निवेदन परेका थिए ।

निकुञ्जमा रहेका वन्यजन्तुवाट तीन जना समान्य घाइते भएका थिए । उनीहरूलाई ६९ हजार ६ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरिएको निकुन्ज कार्यालय धुन्चेले जनाएको छ । यस अवधिमा जङ्गली जनावरले १४ वटा घरपालुवा पशुको क्षति गरेको छ ।

यसका साथै ३ सय ३३ घरपरिवार किसानले लगाएका अन्नबालीमा वन्यजन्तुले क्षति गरेको छ । पशु क्षति भएका परिवारलाई १ लाख २९ हजार रुपैयाँ र अन्नबाली क्षति भएका परिवारलाई १७ लाख ८२ हजार रुपैयाँ राहत प्रदान गरिएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको भनाइ छ ।

वन्यजन्तुबाट भएका क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार राहत वितरण गरिएको हो । निकुञ्ज क्षेत्र तथा आसपासमा मानव वन्यजन्तुबीच हुने द्वन्द्वको न्यूनीकरण गर्ने तथा पीडितको घाउमा मलम लगाउने उद्देश्यले राहत वितरण गरिएको उहाँको भनाइ छ ।

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षय कोषको ब्याजबाट राहत वितरण हुने गरेको छ’ उहाँले भन्नुभयो, ‘वन्यजन्तुबाट भएको मानवीय क्षति, अन्नबालीमा भएको क्षति, पशुधनको क्षति र घरगोठको क्षतिअनुसार राहत दिने गरेका छौँ ।’

निकुञ्जमा वाघ, हात्ती, गैँडा, भालु, चितुवा, हिउचितुवा, जङ्गली बँदेल, ध्वाँसे चितुवा, जङ्गली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिङ्गरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था गरिएको छ । गत २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने