२०८३ भदौ १४, आइतवार
 

७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र ? प्रधानमन्त्री

कन्काई, तिलोत्तमा र वालिङ उत्कृष्ठ नगरपालिका

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय जनप्रतिनिधिहरु सामाजिक जागरणको अभियन्ता, जनताको सेवक र विकासका अभियन्ता बन्नुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित, कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई पदाधिकारी नभएर जनताका सेवक ठान्न सुझाव दिनुभयो ।

‘जनप्रतिनिधिलाई आ आफ्नो ठाउँबाट अधिकारसहित भूमिका खेल्न पठाएका हुन् । त्यसैले आफूलाई पदाधिकारी होइन जनताका सेवक ठानौं’ उहाँले भन्नुभयो । स्थानीय जनप्रतिनिधिहरुले कोभिड १९ को महामारीका बेला आफूलाई जोखिममा राखेरसमेत जनताको सेवा गर्दा स्थानीय तहको महत्व र औचित्य अनूभूत भएको भनाई पनि उहाँको थियो ।

संविधानको अनुसूची ८ मा राखिएका स्थानीय सरकारका अधिकार आफूहरुले नै सोच विचार गरेर राखिएको उल्लेख गर्दै त्यो लडाँइको नभई तालमेलको विषय भएको बताउनुभयो । क्षमता वृद्धिसँग सँगै ति अधिकारहरुलाई पूर्ण रुपमा प्रयोग गर्ने स्थितिमा स्थानीय सरकार पुग्ने धारणा उहाँको थियो । ‘स्थानीय तहलाई अधिकार सम्पन्न नबनाए कसलाई अधिकार सम्पन्न बनाउने? स्थानीय तहले घरमा लगेर त्यो अधिकार गाई भैँसीलाई खुवाउने हो र ? त्यहाँ देश विकासका लागि, जनताका लागि खर्च गर्छन् नी,’ प्रधानमन्त्रीको भनाइ थियो ।

केन्द्र सरकार र स्थानीय सरकार पक्ष प्रतिपक्ष नभएको उल्लेख गर्दै उहाँले अहिलेको नयाँ अभ्यासमा परिपक्वता आउन समय लाग्ने समेत बताउनुभयो । स्थानीय तह भित्रै वडा अध्यक्षदेखि उपमेयरसम्मका आआफ्ना गुनासा छन्, हामी सिक्दै जान्छौं र अभ्यासबाट परिमार्जित गर्दै जान्छौं, उहाँको भनाइ थियो ।

व्यक्ति र संस्थाहरुको क्षमता वृद्धि आजको मुख्य कार्यभार भएको धारणा पनि प्रधानमन्त्रीको थियो । ‘स्थानीय तहहरुले सबै चिज गर्छु, केन्द्र सरकारको जस्तो गर्छु भन्न थाले भने त्यो सम्भव हुँदैन, प्रदेशले पनि त्यो भ्रम राख्नुहुँदैन,’ उहाँले थप्नुभयो । अहिले देशमा सरकार भएको अनुभूति भएको बताउँदै प्रधानमन्त्रीले शहरहरुका सडक बालबालिका र बेसहारा मानवलाई उद्धार गरिएको समेत उल्लेख गर्नुभयो ।

स्थानीय निकायमा ७० प्रतिशत बजेट पठाउनु अहिले नै व्यवहारिक नहुने धारणा पनि प्रधानमन्त्रीको थियो । ‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ ? ७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र ?’ उहाँले भन्नुभयो । यसका साथै प्रशासनिक खर्च बाहेक विकासका सबै काम स्थानीय सरकारबाट हुने उहाँको भनाई थियो । साथै खर्च गर्ने क्षमताको कमी हाम्रो राष्ट्रिय कमजोरी भएको समेत उल्लेख गर्नुभयो । ‘क्षमता भएको ठाउँमा त पुँजीगत खर्च नभएर बेहाल छ भने क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन गाह्रो हुन्छ । त्यसकारण त्यो पुँजीगत खर्च हुनेगरी हामी विनियोजन गर्छौं ।

स्थानीय निकायहरुले एकको सफलताबाट अर्कोले प्रेरणा लिनुपर्ने र स्थानीय निकायका महिला प्रतिनिधिहरुलाई पुरुष प्रतिनिधिलाई समेत उछिन्ने गरी अघि बढ्न समेत उहाँले प्रेरित गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीले नगरपालिका संघबाट प्रकाशित पुस्तकको समेत विमोचन गर्नुभएको थियो । संघको मुल्यांकनमा देशभरका नगरपालिका मध्येबाट उत्कृष्ठ ठहरिएका कन्काई, तिलोत्तमा र वालिङ नगरपालिकालाई पुरस्कार समेत प्रदान गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने